The news from New Generation with new vision.

दिसामा रगत देखिन्छ ? साबधान ! हेलचेक्राइँ नगर्नुहोस्

 

काठमाडौँ । दिसा ढिलो र छिटो हुनुले पेटमा खासै फरक पर्दैन। कसैको हप्ताको तीन पटक मात्रै दिसा जान्छ भने कसैको दिनमै ३ पटक । यो सामान्य कुरा हो । तर, दिसा गर्दा रगत जानु र तौल घट्नु हुँदैन।

कहिलेकाहीँ दिसासँगै रगत पनि आउँछ । दिसासँगै जाने रगतलाई सामान्य बुझाइमा रगतमासी भनिन्छ । कहिलेकाहीँ दिसामा आलो रगत समेत जाने गर्छ । धेरैजसोले त्यसरी दिसामा रगत जानुलाई ‘पायल्स’को कारण मान्छन् । तर, दिसामा त्यसरी रगत जानुलाई सामान्य रूपमा लिनु हुँदैन । ठूलोआन्द्राको क्यान्सर ९कोलोन क्यान्सर० पनि रगतमा देखिएको हुन सक्छ।

कसैको बाहिरबाट पायल्स देखिए पनि भित्र कोलोन क्यान्सर हुने गरेको छ। कसैको मलद्धारनिर पायल्स त देखिन्छ तर भित्र अर्कौ घाउ बनिसकेको हुन्छ । त्यसैले पायल्सको मात्रै उपचार गरेर हुँदैन । यस्तो अवस्थामा अरू पनि केही छ कि भनेर हेर्नुपर्छ। पायल्सको मात्र उपचार गराएर ढुक्क भएर बस्दा गम्भीर दुर्घटनामा पर्न सकिन्छ । भित्रको घाउ बढ्दै जाने यता पायल्स भन्दै बस्ने गर्नाले क्यान्सर नियन्त्रणभन्दा बाहिर पुगिसकेको हुन सक्छ । त्यसैले दिसामा रगत देखा परेमा ‘कोलोन्सकोपी’ गर्नुपर्छ।

पेटको क्यान्सरका लक्षण
– प्रायः पेट दुखिरहनु ।
– खाना खाएपछि पेट फुल्नु वा ढुस्स हुनु ।
– भोक नलाग्नु ।
– धेरै नै पखला वा बान्ता हुनु ।
– कमजोरी तथा थकाइ महसुस हुनु ।
– तीव्रगतिमा वजन कम हुनु ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   नियमित खानुस् एक चम्चा मह, हुनेछन् यस्ता फाइदा
सम्बन्धित पाेष्टहरु