The news from New Generation with new vision.

धमलामाथि विश्वप्रकाशको हमला, श्रीमती एलिजालाई किन पिट्नुहुन्छ ? (भिडियोसहित)

1,535

काठमाडौँ । नेपाली टेलिभिजनमा प्रशासरण हुने धेरै अन्तरवार्ताहरुमध्ये ऋषि धमलाले संचालन गर्ने अन्तरवार्तामूलक कार्यक्रम केही पृथक हुन्छ । धमलाको प्रश्न सोध्ने शैली विशेषगरी चर्चामा आइरहन्छ।

पछिल्लो समय धमलाले प्राइम टाइम्स टेलिभिजनमा जनता जान्न चाहन्छन् कार्यक्रम संचालन गर्दै आइरहेका छन् । प्रश्न सोध्दा अन्तिममा भनिरहने वाक्यांश जनता जान्न चाहन्छन्लाई नै कार्यक्रमको नाम बनाएका धमलाले सबै अतिथीलाई जनता जान्न चाहन्छन् भनेर प्रश्न सोधी हैरान पार्छन् ।

मंगलबारको अन्तरवार्तामा यस्तै हैरानीमा परे नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा । धमलाले हरेक प्रश्नको खास जवाफ खोजेपछि शर्मा पनि धमलामाथि जाइलाग्न बाध्य भए ।

कार्यक्रमकाबीच धमलाले सिधा प्रश्नको सिधा जवाफ दिनुस् भन्दै प्रश्न गरेपछि शर्मा धमलामाथि नै हमला गर्न पुगेका हुन् । शर्माले हरेक प्रश्नको सिधा जवाफ हुँदैन भनेपछि धमलाले नेताहरुले सिधा जवाफ दिन सक्नुपर्छ भने । त्यसपछि शर्माले पनि हमला गर्दै भने–ऋषि धमलाजी, तपाईले श्रीमती एलिजालाई पिट्नुहुन्छ कि पिट्नुहुन्न सिधा प्रश्नको सिधा जवाफ दिनुस् ।

शर्माको हमलामा परेपछि धमलाले पनि बाँकी राखेनन् र कार्यक्रम थप रोचक बन्यो । केहीबेरको चर्काचर्कीसँगै शर्माले कांग्रेसको जागरण गित गाएर रमाइलो पनि गरे।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   रवी लामिछाने पक्राउपछि मलाई गोलि ठोक भन्दै छाती थापेर रुँदै चौकी पुगिन्आमा (भिडियो)
सम्बन्धित पाेष्टहरु