The news from New Generation with new vision.

इटालीमा एक नेपाली युवकको निधन

स्पेन । रोजगारीका लागि इटाली पुगेका एक नेपाली युवकको निधन भएको छ।

स्याङ्जा स्थायी घर भइ डेढ बर्षदेखि दक्षिण इटालीको फोज्जिया प्रान्तमा बस्दै आएका २९ वर्षीय शोभितबहादुर बिश्वकर्माको क्यान्सर रोगको उपचारका क्रममा गत शुक्रबार निधन भएको हो।

लगातार बान्ता भएपछि अस्पताल भर्ना भएका उनको उपचारका क्रममा क्यान्सर रोग देखिएको थियो । हाल मृतकको शव नेपाल पठाउने प्रक्रिया सुरु गरिएको स्विट्जरल्याण्डस्थित नेपाली दूतावासले जनाएको छ।

स्वर्गिय विश्वकर्माको परिवारले शदगत नेपालमै गर्ने इच्छा देखाएपछि शव नेपाल पठाउने प्रक्रिया थालिएको दूतावासले जनाएको छ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   करिब ४० वर्षीय पुरुषले मध्यराति पोखराको महेन्द्रपुलबाट हामफालेको आशंका (भिडियो)
सम्बन्धित पाेष्टहरु