The news from New Generation with new vision.

एभिन्युज टेलिभिजनको कार्यालयमा तोडफोड 

51

काठमाडौं । एभिन्युज टेलिभिजनको वीरगञ्जस्थित कार्यालयमा तोडफोड भएको छ। मुखमा कालोपट्टी बाँधेर आएका केही युवाहरुले कार्यालयमा तोडफोड गरेको पर्साका एसपी रेवती ढकालले जानकारी दिए ।

उनले तोडफोडबाट ढोका तथा झ्यालका सिसा फुटेको बताए । तोडफोडमा संलग्न कोही पनि पक्राउ परेका छैनन् । एभीन्युज टेलिभिजनको सकस राजनीति कार्यक्रममा पाहुनाका रुपमा उपप्रधानमन्त्री उपेन्द्र यादवले कार्यक्रम सञ्चालक पत्रकारको प्रश्नको जवाफ नदिइ माइक फुकालेर बिचमै अन्तर्वार्ता छोडेर हिँडेपछि अहिले आलोचना भइरहेको छ ।

समाजवादी पार्टीका कार्यकर्ताहरु तोडफोडमा संलग्न रहेको प्रहरीको आशंका छ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   शिल्पा पोखरेललाई तत्काल नपक्रन सर्वोच्चको आदेश
सम्बन्धित पाेष्टहरु