The news from New Generation with new vision.

खोलामा डुबेर २ बालकको निधन

कैलाली । लम्कीचुहा–७ को रोरा खोलामा डुबेर दुई बालकको ज्यान गएको छ।

परशुराम चौधरीका नौ वर्षीय छोरा समर चौधरी र मनोज चौधरीका नौ वर्षीय छोरा सुदिप चौधरीको नुहाउने क्रममा खोलामा डुबेर ज्यान गएको इलाका प्रहरी कार्यालय मोतिपुरले जनाएको छ।

जिटी फारवेष्टन एकेडमीमा कक्षा चारमा अध्ययन गर्ने दुबै बालकको शव पोष्टमार्टमका लागि टिकापुर अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   बैतडीमा आगलागीबाट एकै परिवारका ३ जनाको मृत्यु
सम्बन्धित पाेष्टहरु