The news from New Generation with new vision.

रौतहटमा घर भत्किँदा ४ महिनाका बालकको मृत्यु, बुवा आमा गम्भीर

21

धनुषा । रौतहटमा घर भत्किँदा ४ महिने बालकको ज्यान गएको छ भने बाबु आमाको ज्यान गएको छ।

राजपुर नगरपालिका–८ बलुवागोठका रामलोचन रामको माटो र इँट्टाको गारोबाट बनेको १ तल्ले फुसको छानो भएको घर बिहीबार भत्किएको हो। घर भत्किँदा पुरिएर रामलोचनका ४ महिने छोरा सन्तलाल रामको ज्यान गएको छ। रामलोचन र उनकी श्रीमती मरछियादेवी घाइते भएको छ।

बिहीबार राति झण्डै ११ बजेर २० मिनेटमा घर भत्किँदा पुरिएर घाइते भएका तीनै जनाको गौर अस्पताल उपचार भईरहेको थियो । उपचारकै क्रममा बालकको ज्यान गएको हो भने बाबुआमाको उपचार भईरहेको प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   यो कस्तो परम्परा ? बच्चाको लिङ्गको टुप्पो काट्दा शिशुको ज्यान गयो
सम्बन्धित पाेष्टहरु