The news from New Generation with new vision.

अनुस्का श्रेष्ठ बनिन् मिस नेपाल २०१९, श्रृखलाले पहिर्याईन् ‘ताज’ 

काठमाडौँ । सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल २०१९’ को उपाधि अनुस्का श्रेष्ठले जितेकी छन् ।

बिहीबार राती कीर्तिपुरस्थित लयब्रोटरी स्कूलको प्राङगणमा भएको फाइनलमा उनले मिस नेपाल २०१९ को ताज पहिरिएकी हुन् । उनलाई मिस नेपाल २०१८ की विजेता श्रृंखला खतिवडाले ताज पहिराएकी हुन्।

मिस नेपाल युनिभर्सको ताज भने प्रदिप्ता अधिकारीले जितिन । त्यस्तै मिरा कक्षपतिले मिस नेपाल इन्टरनेशनल र रोज लामाले सुपर नेशनलको उपाधि जितेकी छन् ।

कसले कुन विधामा उपाधि जिते

मिस नेपाल वर्ल्ड–अनुष्का श्रेष्ठ

मिस नेपाल यूनिभर्स– प्रदिप्ता अधिकारी

मिस नेपाल अर्थ– रिया बस्नेत

मिस नेपाल इन्टरनेशनल– मिरा कक्षपति

मिस नेपाल सुपर नेशनल – रोज लामा

मिस ट्यालेन्ट– प्रदिप्ता अधिकारी

पपुलर च्वाइस– रिया बस्नेत

मिस फ्यासिनो– अनुश्का श्रेष्ठा

मिस कन्फिडेन्स– निशा पाठक

व्यूटी विध प्रपोज– निकिता कर्माचार्य

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   समृद्धि कांग्रेसको नेतृत्वमा मात्रै सम्भव छ : नेता प्रदीप पौडेल
सम्बन्धित पाेष्टहरु