The news from New Generation with new vision.

पदका लागि हैन नेपालीका लागि माल्टामा एनआरएन गठन गरेका हौँ : अध्यक्ष लिम्बु

काठमाडौँ । पछिल्लो समय गैर आवासीय नेपाली संघ एनआरएन माल्टामा गठन भएको छ। गत फेब्रुवरी महिनाको १२ तारिखका दिन ८० औँ देशको रुपमा माल्टामा एनआरएन गठन भएको हो।

यसकारण गठन भयो माल्टामा एनआरएन

विश्वभर छरिएर बस्ने नेपालीहरुको साझा बृहत संस्था गैर आवासीय नेपाली संघ माल्टासँगै ८० औँ देशमा स्थापना भएको छ । यस अगाडि ७९ औँ शाखा रहेकोमा अहिले माल्टा थपिएसँगै ८० औँ देशमा एनआरएन राष्ट्रिय समन्वय परिषद् स्थापना भएको हो। हामीले मुलतह माल्टामा रहेका नेपालीहरुलाई एकजुट गराएर आफ्ना हकहितमा लाग्न यो संस्था गठन गरेका हौँ। पछिल्लो समय माल्टामा रोजगारी गर्न आउने नेपालीहरु बढिरहेका बेला हाम्रा समस्याहरु पनि बढी हुने र ति समाधानका लागि एनआरएन साझा संस्था बन्न सक्ने भएकाले हामीले माल्टामा एनआरएनए गठन भयो।

माल्टामा डाटा कलेक्सनको काम सुरु

रोजगारिको शिलशिलामा माल्टामा रहेका सम्पूर्ण नेपालीहरुको डाटा कलेक्शनको काम शूरु भएको छ। भर्खरै गठन भएको एनआरएनका सदस्यहरुमार्फत माल्टामा कति जना नेपाली के काम गर्छन, तलब सुविधा कस्तो छ, उनीहरु खास के काममा योग्य छन् र के गरिरहेका छन् भन्ने विषयमा डाटा कलेक्शन जारी छ।

माल्टामा १५ भन्दा बढी नेपाली

माल्टामा हाल १५ सय देखि २ हजारको हाराहारीमा नेपालीहरु रोजगारी गर्दै आएका छन्। हाल माल्टामा अधिकांस नेपाली होटल तथा रेष्टुरेन्ट क्षेत्रमा काम गर्छन् भने सामान्यता नेपालीहरुले ७ सय देखि २५ सय यूरो सम्म कमाउने गरेका छन्।

माल्टामा उच्च शिक्षा हाँसिल गरेका तथा तालिम प्राप्त मानिसका लागि निकै राम्रो छ। अहिले नेपालबाट ५/७ वटा म्यानपावर कम्पनीले रोजगारीका लागि माल्टा पठाउने गरेका छन्।

माल्टा आउन ५ देखि १० लाख

माल्टा आउनका लागि नेपालहरुले २ देखि १० लाख तिर्ने गरेका छन्। पढेलेखेका युवाहरुले माल्टाका कम्पनीहरुमा सिधै अनलाईनबाटै अन्तरवार्ता दिएर पनि थोरै रकममा आउन सक्छन्। तर शिक्षा र कुनै कामको ज्ञान नभएका व्यक्तिलाई भने आउन पनि धेरै लाग्ने गर्दछ ।

यो पनि पढ्नुहोस् :   यी ८ राशिका लागि निकै शुभ छ यो साता, हेर्नुहोस् साप्ताहिक राशिफल ...

छोटो समयमा अधिवेशन गर्नुपर्ने चुनौती

अहिले माल्टामा एनआरएन तदर्थ समिति गठन भएको हो। हामीले केही समयमा नै पहिलो अधिवेशन गर्नुपर्नेछ। एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषद्को पनि अधिवेशन आईरहेको हुँदा हामीले माल्टा राष्ट्रिय समन्वय परिषद्को अधिवेशन फस्ट गर्नुपर्ने चुनौती छ।

माल्टामा गर्नुहुँदैन यी काम

माल्टामा सामान्य रुपमा काम गर्नेका लागि खासै समस्या छैन । तर नेपालमा जस्तै टिम बनाउने र राजनीति गर्न खोज्यो भने समस्या हुन्छ। फेरि अर्को कुरा कम्पनीलाई कुनै जानकारी नै नगराई बिदामा बस्दा पनि समस्या आउँछ। त्यसैले सकेसम्म कम्पनीलाई जानकारी गराएर बिदामा बसौँ, सकेसम्म अफ नबसौँ।

माल्टामा समस्यामा परे हामीलाई सम्पर्क गर्नुहोस्

एनआरएन सबै नेपालीको साझा संस्था हो । हामीले एकीकृत भएर सबै नेपालीका समस्या समाधान गर्न एनआरएन गठन गरेका हौँ । यहाँ हुने नेपालीहरुले ३५६९९१०७६३७ वा एनआरएनए माल्टाको अफिसियल पेजमा म्यासेज गरेर पनि सम्पर्कमा आउनस सक्नुहुनेछ।

(गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् माल्टाका अध्यक्ष तेज बहादुर लिम्बुसँग गरेको कुराकानीका आधारमा नयाँ पुस्ता डटकमले तयार पारेको सामाग्री)

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित पाेष्टहरु