The news from New Generation with new vision.

बर्दियाका हावाहुरी प्रभावित स्थानमा सांसद गौतमद्धारा अवलोकन

काठमाडौं । प्रतिनिधिसभा सदस्य सञ्जय कुमार गौतमले हावाहुरी प्रभावित बर्दियाको बाँसगढी नगरपालिकाको अवलोकन गरेका छन् ।

गत वैशाख २० गते राती आएको हावाहुरीले प्रभावित भएका बाँसगढी नगरपालिका वडा नं २ अन्तर्गतका राझाँ, सिमलकुना, बेतहनि, बुजौरा, बनमुरवा लगायतका स्थानमा पुगेर गौतमले क्षतिग्रस्त घरको अवलोकन गदै स्थानीयलाई आश्वासन ब्यक्त गरेका थिए ।

हावाहुरी प्रभावितका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउँदै नेता गौतमले हावाहुरी प्रभावितका लागि केन्द्रिय सरकारसँग राहत र घर पुर्ननिर्माणका लागि आवश्यक पहल गर्ने बताए ।

मौसम पुर्वानुमान महाशाखालाई थप शशक्त र बैज्ञानिक बनाई यस्ता प्राकृतिक प्रकोपहरुको पूर्वअनुमान गर्न सकेमा धनजन तथा मानवीय क्षति कम गराउन सकिने भन्दै नेपाल सरकारले त्यसतर्फ पनि ध्यान दिनुपर्नेमा जोड दिए ।

प्राकृतिक विपतको सामाना गर्ने सबै एकजुट हुनुपर्ने भन्दै उनले बिभिन्न संघसंस्थाहरुलाई सहयोगको लागि अपिल समेत गरे । छिमेकी राष्ट्र भारतमा आएको ‘फानी’ आधीको प्रभाव तराईका विभिन्न स्थानमा परेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित पाेष्टहरु