The news from New Generation with new vision.

श्रीमतीलाई रानी बनाएर राख्छन् यी ३ राशिका व्यक्तिले

949

काठमाडौँ । ज्योतिष शास्त्र अनुसार केही राशी भएका पुरुषहरु आफ्नो श्रीमतीको हरेक खुसीमा रमाउने हुन्छन् । उनीहरु श्रीमतीको प्रेममा पागल पनि बन्न सक्छन् । उनीहरु जीवनमा आफ्नो श्रीमतीको हरेक इच्छा चाहना पुरा गर्न सफल भएका हुन्छन् । यी राशी भएका पुरुषहरुले आफ्नो श्रीमतीलाई धेरै माया गर्ने गरेको कुरा अध्ययनले पुस्टि गरिसकेको छ । यी राशी भएका पुरुषले आफ्नो श्रीमतीलाई धेरै माया गर्छन:

वृश्चिक राशी : यो राशी भएको पुरुष सबैको प्यारो हुने गर्छन् । आफ्नो जिम्मेवारी प्रति बफादार हुने भएकाले परिवारको मात्र नभएर समाज प्रति पनि निकै जिम्मेवारी रही हेरचाह गर्ने गर्छन् । सामाजिक काममा सधै व्यस्त रहने भएकाले यो राशी भएका व्यक्ति मान सम्मान पाउने गर्छन् । ओएसनेपालका लागी काम गर्दै आउनु भएका ज्योतिषी सुराचार्यका अनुसार परिवारको प्यारो मान्छे पत्नीहरुको प्रेममा पागल हुने गर्छन् भने एकअर्कालाई राम्रो सँग बुझेको हुन्छन् त्यसकारण उनीहरुले सखी जीवन बिताएका हुन्छन् ।

मेष राशी : यो राशी हुने व्यक्तिहरुको पति पत्नी बिचको सम्बन्ध राम्रो हुनाले एकअर्काको प्रेममा पागल हुने गर्छन् । एकअर्काको समस्या बुझ्ने र एक अर्काको समस्या पुरा गर्न सक्ने भएको हुनाले उनीहरुको व्यवहार पनि अत्याधिक राम्रो हुने गर्छ । यो राशी भएका पुरुषहरु बफादार हुने भएकाले पत्नीसँगको सम्बन्ध पनि राम्रो हुने गर्छ ।

 

सिंह राशी : उक्त राशी भएका पुरुषहरु पत्नीले भन्दा बढी माया गर्ने गर्छन् । तर यो राशी भएका पुरुषहरु अरु राशी भएका भन्दा जिद्दी र रिसालु स्वभावका हुन्छन् । यो राशी भएका पुरुषहरुको जोडी एकअर्कालाई बुझ्न सक्ने भएकाले उनीहरुको घर व्यवहार सहज ढंगले चलाउन सक्छन् ।

 

कन्या राशी : खुल्ला हृदय भएका यो राशीका पुरुषहरुको प्रेम सम्बन्ध बलियो हुन्छ । उनीहरु आफ्नो पत्नीको प्रेममा गहिरोसँग डुबेका हुन्छन् । घरायासी काम बाहेक सामाजिक काममा पनि अग्रसर रहने हुनाले मान र प्रतिष्ठा पाउने गर्छन् ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   आज धन-सम्पत्ति, व्यापार-व्यवसाय तथा रोजगारका लागि निकै राम्रो यी ४ राशिको भाग्य हेर्नुहोस्
सम्बन्धित पाेष्टहरु