The news from New Generation with new vision.

स्त्रीले किन छुनु हुदैन हनुमानको मुर्ती ?

नरिवल फुटाउनुः धार्मिक मान्यता अनुसार महिलाले नरिवल फुटाउनु शुभ मानिँदैन । यसका लागि पुरुषले मात्र नरिवल फुटाउनु पर्ने शास्त्रको भनाइ छ।

मन्दिरमा नरिवल फुटाउँदा महिला नभएर पुरुषले मात्र फुटाउने गरिन्छ। जनै लगाउने : महिलालाई जनै लगाउन नहुने शास्त्रको भनाइ छ।

यज्ञोपवित पनि भनिने जनै पुरुषले मात्र धारण गर्न सक्छन्। बलि चडाउनेः देवी देवतालाई बलि चडाउने काम पनि महिलाले गर्दैनन् । धार्मिक मान्यता अनुसार पुरुषले मात्र बलि चढाउनु पर्छ।

ॐ मन्त्रः धर्म शास्त्र अनुसार महिलाले ॐ भनिने मन्त्र जप्नु शुभ मानिँदैन। ॐ मन्त्र बोल्दा नाभी क्षेत्रमा दवाव पैदा हुने र यस्तो दवाव राम्रो नमानिने हुँदा महिलाले ॐ मन्त्र नजप्ने धार्मिक मान्यता छ।

हनुमानको पुजा र स्पर्सः हनुमानलाई ब्रम्हचारी मानिन्छ। यसकारण हनुमानको पुजा महिलाले गर्छन् तर हनुमानको मुर्ती स्त्रीले छुनु राम्रो मानिदैन।

गायत्री मन्त्रः महिलाले गायत्री मन्त्र पनि जप्नु हुँदैन । शास्त्रका अनुसार गायत्री मन्त्र महिलाले जप्नु अशुभ हुन्छ। पछिल्लो समय महिलाले पनि गायत्री मन्त्र जप्न थालेका छन्।

फर्सी काट्नुः धार्मिक मान्यता अनुसार फर्सी महिलाले काट्नु हुँदैन। पुरुषले मात्र फर्सी काट्नु पर्ने धार्मिक विश्वास छ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   कतै डस्टबिन त भइरहेको छैन् तपाईको दुर्भागको कारण ?
सम्बन्धित पाेष्टहरु