The news from New Generation with new vision.

जहाँ दुलहीलाई दाइजोमा विषालु सर्प दिइन्छ

9

काठमाडौं । विवाहमा दाइजोको रुपमा रुपैयाँ, पैसा, गाडी दिनु आम चलन हो । तर, भारतको मध्यप्रदेश बसिआएका सपेरिया (सर्प नचाउने) समुदायमा अनौठो दाइजो दिन चलन छ । उक्त समुदायले दाइजोको रुपमा २१ वटा विषालु सर्प दिने गरेका छन्। यो परम्परा सदियौँदेखि चल्दै आएको छ।

सर्प दाइजो दिएन भने वैवाहिक सम्बन्ध छिट्टै टुट्छ भन्ने मान्याता छ । भनिन्छ केटीको विवाह पक्का भएपछि उसको परिवारका सदस्यले सर्प समात्न सुरु गर्छन्।

यस समुदायका बच्चाहरु सर्पदेखि डराउँदैनन्। बरु सर्पसँगै खेलिरहेका देखिन्छन्। खासगरी यो समुदायको पेशा सर्प समात्ने हो । यी समुदायका मान्छेहरु अरुलाई सर्प देखाएर पैसा कमाउँछन् । यो सामग्री नागरिक पत्रिकामा प्रकाशित छ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   नेपालले ५ जना श्रीलंकाली नागरिकलाई देश निकाला गर्दै 
सम्बन्धित पाेष्टहरु