The news from New Generation with new vision.

कतारी राजदूतकाे प्रस्ताव : नेपालकाे पानी किन्न सकिने

8

काठमाडाैं । नेपालको खानेपानी आयात गर्न कतारले चासो देखाएसँगै सरकारले खानेपानी प्रशोधन गर्न सकिने स्रोतको खोजी र निर्यातको सम्भावनाबारे अध्ययन थालेको छ। शुक्रबार खानेपानी मन्त्रालयले यस विषयमा सरोकारवालासँग छलफल गरेको छ। छलफलमा मन्त्रालयका सहसचिव तेजराज भट्टले खानेपानी निर्यातको सम्भावनाबारे प्रतिवेदन प्रस्तुत गरेका थिए।

प्रतिवेदनमा मन्त्रालयले नेपालको खानेपानी खाडी राष्ट्रसँगै छिमेकी देश भारत र बंगलादेशमा पनि निर्यात गर्न सकिने जनाएको छ । खाडी राष्ट्रमा खासगरी ग्लेसियस वाटर (हिमनदीको पानी) र भारत तथा बंगलादेशमा पानीको थोक वितरण गर्न सकिने सम्भावना देखाइएको छ।

नेपालमा दैनिक कुल दुई सय २५ अर्ब क्युबिक मिटर पानी बग्छ। त्यसको १५ प्रतिशत मात्रै नेपालको कुल उपभोग क्षमता हो । याे समाचार तीर्थराज बस्नेतले नयाँ पत्रिकामा लेखेका छन्।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   नेपालले ५ जना श्रीलंकाली नागरिकलाई देश निकाला गर्दै 
सम्बन्धित पाेष्टहरु