The news from New Generation with new vision.

यी हुन् भाग्य चम्काउने सरल तरिका

काठमाडौं । अहिलेको युगमा मानिसले भाग्यमा भन्दा मेहनतमा विश्वास गर्नुपर्दछ भन्ने चलन रहेको छ । तर कतिपय अवस्थामा हामी लाख मेहनत गर्दा पनि सफल हुन सक्दैनौं किन ? संस्कृतमा भनाइ छ भाग्यं फलति सर्वत्र न विद्या न च पौरुष।

भाग्यमा भए थलैमा भन्ने नेपाली उखान पनि छ। भाग्यप्रति विश्वास गरे पनि नगरे पनि वा यसलाई पूर्वजन्मको कर्मफल अथवा यसै जन्मको पुरुषार्थ भनिए पनि प्रकारान्तरमा त्यसले भाग्यतर्फ नै इंगित गर्छ । यहाँ केही सामान्य उपाय बताइएको छ जसलाई दैनिक व्यवहारमा उतारेर भाग्य जगाउन सकिन्छ।

बिहान सबेरै उठ्नुहोस्ः बिहान समयमा नैं उठ्नु तपाईका लागी आफैंमा फाइदाजनक हुन्छ । बिहा सबेरै उठ्ने सामान्य व्यायम जस्तैं योगा गर्दा मन शान्त हुन्छ । अर्को बिहान अबेलासम्म सुतिरहने व्यक्तिको कुण्डलीमा सूर्य कमजोर छ भन्ने बुझ्नुपर्छ र कुण्डलीमा सूर्य बलवान् नै भए पनि अबेरसम्म सुतिरहने बानी बसालियो भने अवश्य पनि सूर्य कमजोर हुन्छ । कमजोर सूर्यका कारण कार्यालयमा सदैव हाकिम वा मालिकको कचकच सुनिरहनुपर्ने हुन्छ र पदोन्नतिमा समेत बाधा खडा हुन्छ । यसको विपरीत सबेरै उठियो भने सूर्यका साथै पितृहरू प्रसन्न हुन्छन् र उनीहरूको आशीर्वाद प्राप्त हुन्छ ।

खानपानमा ध्यान दिनुहोस्ः खानपानले हाम्रो स्वास्थ्यमा गम्भिर खालको असर गर्दछ । कार्यव्यस्तताका कारण आधुनिक मानिस खानपानमा त्यति ध्यान दिँदैनन् । फलस्वरूप अनेकौं समस्या सिर्जना हुन्छन् । तसर्थ खानपानको समय निश्चित हुनुपर्छ, यसका लागि समय छुट्याउनुपर्छ।

हिँडदै खाने बानी छ भने छोड्नुपर्छ किनभने यस्ता बानीका कारण प्रेतदोष तथा पितृदोष हुन्छ र मानिस बिरामी पर्नुका साथै धनको हानि हुन्छ । स्थिर रहेर खानपान गर्नाले देवताहरू प्रसन्न हुन्छन्, राहु दोष शान्त हुन्छ र जीवनमा उत्तरोत्तर प्रगतिको मार्ग प्रशस्त गर्छन भन्ने विश्वास रहेको छ ।

यो पनि पढ्नुहोस् :   मात्र एउटा तामाको औँठीले दिन्छ तपाईलाई यस्ता अद्भूत फाइदा

शिष्टाचार जरुरीः सदाचारी र आज्ञाकारि व्यक्ति जीवनमा धेरै सफल हुनसक्छ यस्ता कुराहरु पुराणहरुमा उल्लेख गरिएको छ। आफूभन्दा सानो कसैले अभिवादन गर्छ भने आफूले पनि शिष्टतापूर्वक उसलाई अभिवादन गर्नुपर्छ । कोही आफूभन्दा श्रेष्ठ छ भने, चाहे त्यो व्यक्ति आफ्नो कर्मचारी नै किन नहोस् उसलाई अवश्य पनि अभिवादन गर्नुपर्छ । यसबाट बृहस्पति र शनि सबल हुने भएकाले जीवनमा कहिल्यै पनि दुर्भाग्यको सामना गर्नुपर्दैन ।

बाहिरबाट आउँदा केही लिएर आउँनेः गुमाउनु भन्दा प्राप्त गर्नु आफैंमा सफलताको लक्षण हो । घरबाहिर कतै गएर र्फकँदा केही न केही चिज साथमा लिएर आउनुपर्छ । यसो गर्नाले गृहलक्ष्मी स्थिर हुन्छिन्, घरमा लच्छिनको बास हुन्छ । साथै घरमा झगडा हुँदैन र परिवारमा प्रेमभाव रहिरहन्छ । हामीले माथि भनेका कुराहरु गर्न सक्नुभयो भने तपाईले तपाईको जीवनमा आश्चर्यजनक रुपमा परिवर्तन देख्न पाउँनुहुनेछ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित पाेष्टहरु