The news from New Generation with new vision.

ललितानिवास प्रकरण : २४ वटा सरकारले नदेखेकोे हिनामिना

6

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले गत फागुन २८ गते बसेको मन्त्रिपरिषद बैठकबाट २६ वर्षअघि हडपिएको ललितानिवासले चर्चेको जग्गा सरकारकै नाममा फिर्ता ल्याउने निर्णय गराए।

सो जग्गा हिनामिनासम्बन्धमा छानबिन गर्न सरकारका पूर्वसचिव शारदाप्रसाद त्रितालको अध्यक्षतामा २०७५ असारमा गठित समितिले सिफारिसअनुसार प्रधानमन्त्री ओलीले व्यक्तिका नाममा गराइएको ललितानिवास परिसरको करिब एक सय १४ रोपनी फिर्ता ल्याउन र दोषीमाथि कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग र केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई जिम्मा दिए।

विगत हेर्ने हो भने छानबिन समिति वा न्यायिक समितिका प्रतिवेदन तत्कालै सरकारले कार्यन्वयन गरेको नजिर छैन । तर सरकारको अहिलेको पहल सुखद मान्नुपर्छ। यो समाचार मातृका दाहालले नागरिक दैनिकमा लेखेका छन्।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   नेपालले ५ जना श्रीलंकाली नागरिकलाई देश निकाला गर्दै 
सम्बन्धित पाेष्टहरु