The news from New Generation with new vision.

अन्डरवर्ल्ड डनको प्रेममा पागल यी अभिनेत्री, होटलबाट परेकी थिइन् पक्राउ

एजेन्सी । कुनै समय यस्तो थियो, जब बलिउड फिल्म क्षेत्रमा अन्डरवर्ल्डको सीधा सम्पर्क हुने गर्दथ्योँ। फिल्म क्षेत्र त्यस समय निकै चर्चामा थियो, जब अभिनेत्री मोनिका बेदीको नाम अन्डरवर्ल्ड डन अबु सलेमसँग जोडिएको थियो।

अबु सलेम १९९३ मा मुंबईमा भएको बम ब्लास्टका दोषी हुन्। अबु सलेम र मोनिका बेदीको लभ स्टोरी त्यतिबेला निकै चर्चामा थियो।

फिल्मफेयर काम र इंडिया फोरम्स डटकममा छापिएको एक अन्तरवार्तामा मोनिकाले आफै अबु र आफ्नो लभ स्टोरीका बारेमा खुलेर कुरा गरेकी थिइन्। मोनिका एक अभिनेत्री हुन्, त्यसैले स्टेज शोमा उनको रुची स्वभाविक थियो। मेनिकाका अनुसार उनले अन्डरवल्र्ड सरगना दाउद इब्राहिम र उनका कान्छा भाइ शकील को नाम त सुनेकी थिइन् तर अबु सलेनको नामबाट उनी अपरिचित थिइन्।

१९९८ मा मोनिकाले पहिलो पटक फोनमा अबु सलेनसँग सम्पर्क गरेकी थिइन्। मोनिका दुबईमा थिइन्। फोनमा उनलाई दुबईमा एक स्टेज शो गर्ने अफर मिलेको थियो। स्टेज शो का क्रममा अबुले आफूलाई एक व्यापारी बताएका थिए। उनले शो मा मोनिकासँग अबु नाम परिवर्तन गरेर कुरा गरेका थिए। त्यसपछि उनीहरुबीच फोनमा पटक पटक सम्पर्क हुन थालेको थियो। कुराकानीकै क्रममा दुबैबीच प्रेमको अंकुरा पनि पलाउन लागेको थियो।

त्यसपछि उनी अबुलाई भेट्न दुबई गएकी थिइन्। दुबई गएपछि उनलाई प्रहरीले होटलबाट पक्राउ गरेको थियो। पक्राउ परेपछि मात्र उनले अबुको वास्तविकता जानेकी थिइन्। उनले वास्तविकता थाहा पाएपछि उनी निकै पीडामा थिइन्। तर विस्तारै विस्तारै उनले अबुसँगको सम्बन्ध विर्सिएर आफ्नो भविष्यलाई पछ्याउँदै गइन्।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   सुटिङका क्रममा बलिउड अभिनेता विक्की कौशल गम्भिर घाइते
सम्बन्धित पाेष्टहरु