The news from New Generation with new vision.

‘क्यार्न मया मारीचौ’मा यस्तो देखिए पशुपति र सम्झना (भिडियोसहित)

काठमाडौं । चर्चित गायक पशुपति शर्मा र गायिका सम्झना भण्डारीको रमाईलो गीत “क्यार्न मया मारिचौं” सार्बजनिक भएको छ ।

समाजमा घट्ने यथार्थ घटनाहरुलाई टपक्कै टिपेर गीत बनाउन सिपालु गायक शर्माले रमाईलो गीत “क्यार्न माया मारिचौं” सार्वजनिक गरेका हुन् । केही समय अगाडि सर्वाधिक चर्चामा आएको र विश्व हल्लाएको ‘लुट्न सके लुट कान्छा पछि गायक शर्माले बजारमा आएको यो नै पहिलो गीत हो ।

ठट्यौली र रमाईलो तरिकाबाट सिर्जना गरिएको गीतको भिडियोमा गायक पशुपति शर्मा र गायिका सम्झना भण्डारीले नै अभिनय गरेका छन् । पछिल्ले समय सालको पातको टपरी, जुरेली चरी, औठी बेरुवाको, पीडालु लगायतका गीतले ब्यापक चर्चा कमाईरहेका बेला शर्माको यो गीतले पनि नेपाली लोकसंगीतको बजारमा राम्रै चर्चा बटुल्ने अपेक्षा गरिएको छ ।

त्यसो त गीत युटुबमा सार्बजनिक गरेको ३ दिनमै ५ लाख वढीले यो गीत हेरिसकेका छन् । यसैगरी गायिका भण्डारीको पछिल्लो गीत औठी बेरुवाको पनि चर्चाको शिखरमा छ ।

भिडियो हेर्नुहोस् :

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   श्रीलङ्काका गिर्जाघर र होटलमा शक्तिशाली विस्फोट : १०० जनाको मृत्यु, २०० बढी घाइते
सम्बन्धित पाेष्टहरु