The news from New Generation with new vision.

बाँसको झ्याङमा भेटियो प्लाष्टिकमा बेरिएको कालो बट्टा, खोलेर हेर्दा प्रहरी चकित

मोरङ । प्रहरीले विराटनगर महानगरपालिका–१६ दरैया चिहान घारीस्थित बाँसको झ्याङबाट १ थान पेस्तोलसहित २ राउन्ड गोली बरामद गरेको छ।

ईलाका प्रहरी कार्यालय रानी र प्रहरी चौकी रानीबाट खटिएको प्रहरीले मेड ईन यूएसए लेखेको पेस्तोल र गोली बरामद गरेको हो।

प्रहरीले बासको झाङमा बट्टाभित्र कालो प्लाष्टिकमा उक्त हतियार फेला पारिएको जनाएको छ। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   भारतको चेन्नई चेन्नई पुगेका २६ किशोरको उद्धार
सम्बन्धित पाेष्टहरु