The news from New Generation with new vision.

लुक्ला जहाज दुर्घटना : मृतकको संख्या ३ पुग्यो

काठमाडौं । सोलुखुम्बुको लुक्ला एयरपोर्टमा हवाई जहाज र हेलिकोप्टर ठोक्किँदा मृत्यु हुनेहरुको संख्या ३ पुगेको छ। अर्का असई रुद्रबहादुर श्रेष्ठको पनि उपचारका लागि काठमाडौँ ल्याउँदै गर्दा मृत्यु भएको हो।

श्रेष्ठको काठमाडौं ल्याउने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। यसअघि समिट एयरका कोपाइलट सुदीप ढुंगाना र पर्यटक प्रहरी असई रामबहादुर खड्काको मृत्यु भइसकेको थियो।

दुर्घटनामा समिट एयरका क्याप्टेन आरबी रोकाया, मनाङ एयरको क्याप्टेन घाइते छन्। उनीहरुलाई उपचारका लागि काठमाडौं ल्याइएको छ। क्याप्टेन रोकायाको अवस्था गम्भीर छ।

दुर्घटनामा समिट एयरकी एयर होस्टेस आर। लामा भने सकुशल रहेको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार रानाले जानकारी दिए।

लुक्ला विमानस्थलमा समिट एयरको हवाईजहाज र मनाङ एयरको हेलिकोप्टर ठोक्किएर दुर्घटना भएको थियो।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   पोखरामा फेरी शक्तिशाली बम भेटियो
सम्बन्धित पाेष्टहरु