The news from New Generation with new vision.

पोखराको नालीमा बोरामा बेरिएको अवस्थामा वेवारिसे शव फेला

26

पोखरा । पोखराको औद्योगिक क्षेत्र नजिकै सडक नालीमा शव वेवारिसे शव फेला परेको छ। सेती नहरको पानीले उतारेको अवस्थामा शनिबार दिउँसो साढे २ बजेतिर नालीमा शव देखिएको थियो ।

बोरा लगायतका फोहोरले बेरिएको अवस्थामा भएकाले सुरुमा पुरुष वा महिला एकिन भएको थिएन । प्रहरी पुगेपछि शव निकाल्ने क्रममा शव महिलाको भएको पुष्टि भएको हो।

शव भेटिएको स्थान औद्योगिक क्षेत्र प्रहरी कार्यालयबाट २ सय मिटर जति तल खसीबजार एरिया साइडमा रहेको छ।

वडा प्रहरी कार्यालय रामबजारका प्रमुख प्रहरी निरीक्षक दिपक केसीले आधा घण्टा अगाडि सूचना आएको र अहिले टोली घटनास्थलमा रहेको जनाए। उनले अहिलेसम्म कसको शव पत्ता लाग्न नसकेको र अनुसन्धानका क्रममा रहेको बताएका छन्।

टाउकोदेखि पेटसम्मको भागमा बोरा बेरिएको खुट्टा पनि ढाकिएको भएकाले हत्या गरेर फालेको आशंका समेत प्रत्यक्षदर्शीले व्यक्त गरेको पत्रकार पोखरेलको भनाई छ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   घट्यो पेट्रोलियम पदार्थको भाउ, लिटरको कति ? हेर्नुहोस् ...
सम्बन्धित पाेष्टहरु