The news from New Generation with new vision.

यी ७ राशिका लागि निकै राम्रो छ आजको दिन, हेर्नुहोस् बुधबारको दैनिक राशिफल

मेषः– सहज रुपमा काम गर्ने वातावरण मिल्ने छैन । आफ्नो काम गर्न आफै अगाडि बढ्नु होला । साथी भाई इष्टमित्रको भर पर्दा उपलब्धि त्यति हात लाग्ने छैन । व्यापार व्यवसायबाट आय आर्जन घट्नेछ । नोकरी तथा राजनीति क्षेत्रबाट उपलब्धि कम हात लाग्नेछ । पूर्ण ज्ञान नभएको विषय बस्तुमा लगानी नबढाउनु होला।

वृषः– समयको महत्वलाई वुझेर काम गर्नु होला । समयमा गरेका अधिकाँश काम सफल हुनेछन् । जति सक्रिय भएर लाग्यो उत्ति नै आफुलाई फाइदा हुनेछ । पढाई लेखाईमा खासै परिवर्तन आउने देखिन्न । मनोरञ्जनात्मक गति विधि बढि हुनेछन् । पेशा परिवर्तनको चाहान बढ्नेछ । भोज भतेर सभा सम्मेलनमा भाग लिने अवसर मिल्नेछ ।

मिथुनः– समयले त्यति साथ दिने छैन,प्रतिकुल परिस्थितिको सामना गर्नु पर्ला । बाधा व्यवधान आउने छन् । कार्य लगनशिलता बढाउनु होला । काम गर्दा आर्थिक अभाव महशुस हुनेछ । खर्च नियन्त्रणमा जोड दिनुहोला । व्यापार व्यवसायमा गरेको लगानी डुब्न सक्छ सतर्क रहनु होला । सहयोग गर्ने कोहि हुने छैनन उल्टो खुट्टो तान्ने छन्।

कर्कटः– समयको सदुपयोग गर्न कत्ति पनि नभुल्नु होला । ढिलो गरेमा उपलब्धि गुम्नेछ । लगनशिल भई गरेका अधिकाँश कामबाट लाभान्वित हुनुहुनेछ । आफन्तबाट सहयोग सहानुभूति मिल्नेछ । व्यापार व्यवसायबाट मुनाफ धेरै हुनेछ । पढाई लेखाईमा खासै ध्यान जाने छैन । स्वास्थ्यको ख्याल राख्नु होला ।

सिंहः– काम गर्ने वातावरण बन्नेछ । कार्य क्षमता,कार्य लगनशिलता बढ्नेछ । लगानी अनुसारको व्यापार व्यवसायबाट प्रतिफल मिल्नेछ । गएका ठाँउमा स्वागत सत्कार राम्रै मिल्नेछ । नोकरी तथा राजनीतिबाट सन्तुष्टि कमै मिल्नेछ । घर परिवारको सहयोग मिल्नेछ । काम गरेर दाम कमाउने अवसरहर आउने छन् । सामाजिक दायित्व बढ्नेछ

यो पनि पढ्नुहोस् :   गाउँपालिका अध्यक्ष विनोद चोधरीको काठमाडौँमा निधन

कन्याः– समयको गति सगै काममा सुधार आउनेछ । गतिरोधहरु विस्तारै हटेर जाने छन् । नयाँ कामको बारेमा विचार विमर्श हुनेछ । आफन्तको सहयोग लिएर काम गर्नु होला आँशिक भए पनि सफलता मिल्नेछ । आर्थिक क्षेत्रमा सुधारका संकेत देखिने छन् । राजनीति विषयमा चासो बढ्नेछ तर उपलब्धि भने कम मिल्नेछ । यात्राको योग देखिन्छ ।

तुलाः– सोचे जस्तो गरे जस्तो कहि कतै हुने छैन । काम गर्ने वातावरण मिलाउन सकिने छैन । मन अस्थिर बन्नेछ । गलत चिन्तन बढ्नेछ । परिश्रमको प्रतिफल कम मिल्नेछ । धार्मिक विश्वास घट्नेछ । यात्रा कष्टपूर्ण हुनेछ । पठन पाठनमा भने सुधार आउनेछ । काम गर्दा आफ्नो इज्जतको ख्याल राखेर गर्नु होला । अरुको भर नपर्नु होला ।

वृश्चिकः– समयमा गरेका अधिकाँश काम सफल हुनेछन् । यात्राको सम्भावनालाई अझै नकार्न सकिन्न । पारिवारिक सहयोगमा धेरै काम बन्ने छन् । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । काममा ढिला सुस्ति नगर्नु होला आफैलाई घाटा हुनेछ । पढाई लेखाईमा रुची जाग्नेछ । कमाएको धनलाई वचाउने प्रयास गर्नु होला ।

धनुः– काम गर्दा दुःख हुनेछ तर हरेस नखाई गर्नु होला अन्तिम परिणम सुखद निस्कनेछ । पुराना मुद्धा फस्र्योट हुने देखिन्छ । नयाँ कार्य योजनाको बारेमा विचार विमर्श हुनेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । ऋण लगानीमा जोड नदिनु होला । मित्र चिनेर मात्र आर्थिक कारोवार गर्नुहोला । अरुलाई बढि विश्वास गर्दा धोका हुनेछ ।

मकरः– जीवन साथीको सहयोग लिएर काम गर्नु होला । हेचक्र्याई गरेर काम गरेमा नोक्सान बढि आफैलाई हुनेछ । कला सहित्यमा थोरै अभिरुची बढ्नेछ । पठन पाठनमा खासै प्रगति हुने छैन । साझेदारी काममा हात नहाल्नु होला ।

यो पनि पढ्नुहोस् :   श्रीलङ्काका गिर्जाघर र होटलमा शक्तिशाली विस्फोट : १०० जनाको मृत्यु, २०० बढी घाइते

कुम्भः– समस्याको जालोबाट उम्किन पाईने छैन । व्ययभार बढ्नाले आर्थिक सन्तुलन विग्रिने छ । आशा भरोसा गरेका ठाँउबाट सहयोग मिल्ने छैन । व्यापार व्यवसायमा गिरावट आउनेछ । राजनीति चासो बढ्नेछ । महत्वकाँक्षी योजना अगाडि बढाउदा दुःख पाईनेछ । श्रम बढि उपलब्धि कम हात लाग्नेछ । घरमा खर्चालु पाहुना आउने छन् ।

मिनः– दिन सामान्य अनुकुल देखिन्छ । धैर्यपूर्वक समयमा कामको टुङ्गो लगाउनु होला । इष्टमित्र साथी भाईको सहयोग कम मिल्नेछ । कार्य लगनशिलता घट्ने छैन । व्यापार व्यवसायबाट मुनाफा राम्रै हात लाग्नेछ । अध्ययन अध्यापन कार्यमा प्रगति हुनेछ । घर परिवारका कुराले मनमा थोरै अशान्ति बढ्न सक्छ । नयाँ क्षेत्रमा लगानी नबढाउनु होला ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित पाेष्टहरु