The news from New Generation with new vision.

अर्घाखाँची र धरानमा सवारी दुर्घटना : ८ को मृत्यु, ४८ जना घाइते

14

बुटवल । अर्घाखाँची र धरानमा सवारी दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ। दुई छुटाछुटै दुर्घटनामा परी ४८ जना घाइते भएका छन्।

अर्घाखाँचीको भूमिकास्थान नगरपालिका-८ स्थित नुवाकोट लात्तेबाजमा सोमबार भएको जीप दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।

लु १ ज १२२९ नम्बरको जीप दुर्घटना हुँदा प्युठानको ऐरावति गाउँपालिकाकी १४ वर्षीया मोनिका आचार्य, ऐरावतीकै ५२ वर्षीय धनबहादुर रानाको घटनास्थलमै ज्यान गएको थियो । त्यस्तै जिल्ला अस्पताल सन्धिखर्कमा उपचारका क्रममा सन्धिखर्क नगरपालिका डिभर्नाका ३ वर्षीय प्रिन्स श्रेष्ठको तथा बुटवलमा प्रिन्सकी ३३ वर्षीया आमा विष्णुमाया श्रेष्ठको मृत्यु भएको हो।

त्यस्तै धनकुटाबाट धरानतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। दुर्घटनामा ३७ जना घाइते भएका छन्। ना६ख २७१३ नम्बरको यात्रुबाहक बस धरान उपमहानगरपालिका-१३ को जिरोपोइन्टमा दुर्घटना भएको हो। ईलाका प्रहरी कार्यालय धरानका अनुसार मृत्यु हुनेमा चालक चक्रबहादुर गुरुङ, वृद्ध दलबहादुर मगर, १ जना महिला र ७ महिनाको बालिका रहेका छन्।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   बझाङको मष्टा गाउँपालिकामा जीप दुर्घटना, ९ जनाको मृत्यु (नामावलीसहित)
सम्बन्धित पाेष्टहरु