The news from New Generation with new vision.

चितवनको मोटरसाइकल दुर्घटनामा पोखराका भुजेलको मृत्यु

पोखरा । चितवनमा भएको सवारी दुर्घटनामा पोखराका एक किशोरको मृत्यु भएको छ । एक गम्भीर घाइते भएका छन्।

नारायणगढ मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका १ रामनगरमा बिग्रेर रोकिराखेको ना६ख ५७२९ नं को ट्रकमा नारायणगढबाट मुग्लिनतर्फ आउँदै गरेको ना२०प ७५१८ नंको मोटरसाइकल ठक्कर खाँदा दुर्घटना भएको हो।

आइतबार राति भएको दुर्घटनामा घाइते भएका मोटरसाइकल पछाडि सवार पोखरा महानगरपालिका ३१ का १६ वर्षीय सरोज भुजेलको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

गम्भीर घाइते मोटरसाइकल चालक देवघाट गाउँपालिका ५ का ४१ वर्षीय महेश्वर कँडेलको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   आमा तरकारी बारीमा गएका बेला गोठमा आगलागी, एक बालकको मृत्यु
सम्बन्धित पाेष्टहरु