The news from New Generation with new vision.

अर्घाखाँचीमा पनि जीप दुर्घटनाः ३ जनाको मृत्यु, ११ घाइते

बुटवल । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका-८ स्थित नुवाकोट लात्तेबाजमा पनि सोमबार भएको जीप दुर्घटनामा ३ जनाको मृत्यु भएको छ।

लु १ ज १२२९ नम्बरको जीप दुर्घटना हुँदा घटनास्थलमा २ जनाको र एक जनाको जिल्ला अस्पताल सन्धीखर्कमा गरी ३ जनाको मृत्यू भएको प्रहरीले जानकारी दिएको छ।

मृत्यू हुनेमा प्युठानको ऐरावति गाउँपालिकाकी १४ वर्षिय मोनिका आचार्य, ऐरावतीकै ५२ वर्षिय धनबहादुर राना र सन्धिखर्क नगरपालिका डिर्भनाका ३ वर्षका प्रिन्स श्रेष्ठ रहेका छन्।

त्यस्तै धनकुटाबाट धरानतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ।दुर्घटनामा ३७ जना घाइते भएका छन्। ना६ख २७१३ नम्बरको यात्रुबाहक बस धरान उपमहानगरपालिका-१३ को जिरोपोइन्टमा दुर्घटना भएको हो।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   'ट्रम्प-रुस साठगाँठको प्रमाण भेटिएन'
सम्बन्धित पाेष्टहरु