The news from New Generation with new vision.

हुरीबतासमा परी मृत्यु भएका परिवारलाई ५/५ लाख दिने प्रचण्डको घोषणा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हुरीबतासमा परी ज्यान गुमाएका पीडित परिवारलाई पाँच–पाँच लाख रुपैयाँ दिने भएका छन् ।

मंगलबार हुरीबतास प्रभावित बाराको फेटा गाउँपालिका–६ बरैनियाँ पुगेका अध्यक्ष प्रचण्डले मृतक परिवारलाई ५–५ लाख रुपैयाँ राहत दिने घोषणा गरेका हुन् ।

तराईमा आएको विपतका कारण सिंगो मुलुक नै शोकमा डुबेको बताए। प्रचण्डले बाराका प्रभावितलाई भेटेपछि पर्साको वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल पुगेर उपचारत घाइते तथा उनीहरुका आफन्तलाई पनि भेटेका थिए ।

आइतबार राति बारा र पर्साका विभिन्न स्थानमा आएको हुरीबतासमा परी अहिलेसम्म २८ जनाको मृत्यु भइसकेको छ भने सयौं मानिस घाइते भएका छन् ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   कांग्रेस जागरण अभियान : धादिङ-अछाममा प्रदीप र गगन, अन्य नेताहरु कहाँ ? (नामसहित)
सम्बन्धित पाेष्टहरु