The news from New Generation with new vision.

कुनै नयाँ काम गर्नुअघि मनन गर्नुस् यी कुरा, सफलता तपाईकै हातमा हुनेछ

कुनै पनि नयाँ काम शुरु गर्नुअघि हामी प्रायः दुविधामा फँस्छौं – यस कामले सफलता देला कि नदेला ? आचार्य चाणक्यका नीतिहरूलाई अनुसरण गर्दा चाहिँ कुनै दुविधा रहँदैन ।

चाणक्य प्राचीन भारतवर्षका बुद्धिमान्, चतुर र प्रसिद्ध अर्थशास्त्री थिए । उनले बताएका नीतिहरू अहिलेसम्म पनि सान्दर्भिक छन् ।

तीन सोच

कुनै पनि काम शुरु गर्नुअघि मनमा यी कुरा खेलाउनुपर्छ : १. काम शुरु गर्ने समय र स्थान, २. तपाईंको सम्पत्ति ३. समर्थन गर्ने मानिसहरू ।

क्षमताको लेखाजोखा

काम गर्ने आफ्नो क्षमता छ कि छैन, त्यसको लेखाजोखा गर्नुहोला । गर्नुभएन भने तपाईं अवश्य खतरामा पर्नुहुन्छ ।

जिभ्रोमा नियन्त्रण

सफलता र असफलता जिभ्रो नियन्त्रणमा छ कि छैन भन्ने कुराले निर्धारण गर्छ । जति मीठो बोल्नुहुन्छ, तपाईंलाई त्यति धेरै फाइदा हुन्छ ।

दुश्मनलाई साथी बनाउने

मानिससँग राम्रो व्यवहार गर्नुभयो भने दुश्मन पनि साथी बन्छन् । यसो गर्नुभयो भने तपाईंलाई सफल हुनबाट कसैले रोक्न सकदैन ।

शरीरको हेरचाह

भगवानले दिएको उपहार हो शरीर । त्यसैले कुनै नयाँ प्रोजेक्ट शुरु गर्नुअघि आफू स्वस्थ छु कि छुइन हेर्नुस् ।

ज्योतिषीसँग परामर्श

काम शुरु गर्नुअघि विद्वान् ज्योतिषीसँग सल्लाह लिनु उपयुक्त हुन्छ ।

पत्नीसँग सल्लाह

विवाह गरेका पुरुषले नयाँ काम शुरु गर्दा श्रीमतीसँग सल्लाह लिनु उपयुक्त हुन्छ । आखिर उनी जीवनसंगिनी हुन् । उनले उचित सल्लाह नै दिन्छिन् ।

रहस्य लुकाउनुस्

काम शुरु गर्नुअघि आफ्ना विचार कसैसँग पनि नबाँड्नुहोला । यसरी प्लान अरूलाई सुनाउँदा तपाईं कहिल्यै सफल हुनुहुन्न ।

अशिष्ट पनि बन्नुपर्छ

जिन्दगीमा सफल हुनका लागि तपाईंले कडा निर्णय पनि लिनुपर्ने हुन्छ । यसका लागि अशिष्ट व्यवहार गर्नुप–यो भने पनि पछि नपर्नुस्। एजेन्सी

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   यूरीन इंफेक्शनको समस्या छ ? फिटकरी पानीले प्राइवेट पार्ट सफा गर्नुहोस्, समस्या छुमन्तर
सम्बन्धित पाेष्टहरु