The news from New Generation with new vision.

धनु, कन्या र वृश्चिक राशि हुनेले नछुटाइ पढ्नु होला

8

राशिअनुसार मानिसको स्वभाव पनि फरक हुने विश्वास गरिन्छ । ज्योतिषशास्त्रको मान्यताअनुसार राशिकै आधारमा व्यक्तिको स्वभावको मूल्याङ्कन र भविश्य निर्धारण हुन्छ ।

राशिको स्वभावका आधारमा सम्बन्ध, दोस्ती, प्रेम प्रसङ्ग पनि निर्भर हुन्छ । कतिपयलाई त कोतुहुल्ता होला कुन राशिसंग बिबाह गर्दा राम्रो होला भन्ने कुरा ।

धनु राशि :
धनु राशि हुने व्यक्तिका लागि मेष, सिंह या धनु राशि भएका व्यक्तिसँगको सम्बन्ध उत्तम मानिन्छ । यीनको प्रेम सम्बन्ध उत्तम रहन्छ । यदी कुनै व्यक्तिको राशि धनु हो र उ मिथुन, तुला या कुम्भ राशिका साथी बनाउन चाहन्छ भने यो जोडी सामान्य रहन्छ ।

जुन मानिसको राशि धनु हो उसको लागि वृष, कन्या या मकर राशिको व्यक्तिको साथ प्रेम सम्बन्ध सफल हुने ५०–५० सम्भावना रहनेछ । धनु राशिका लागि कर्कट, वृश्चिक या मीन राशि हुनेहरुका सँगको जोडी त्यति राम्रो मानिदैन ।

कन्या राशि :
जुन मानिसको राशि कन्या हो त्यो मानिसका लागि वृष, कन्या या मकर राशिका साथी उत्तम मानिन्छ । यिनीहरुको प्रेम सम्बन्ध उत्तम हुन्छ । कन्या राशिका मानिसका लागि कर्कट, वृश्चिक या मीन राशिका साथी सामान्य मानिन्छन् । यिनको प्रेम सम्बन्ध आपसी तालमेलमा अधिक निर्भर रहन्छ ।

मेष, सिंह र धनु राशिका मानिसका साथ कन्या राशिका प्रेम सम्बन्ध सफल हुने संभावना ५०–५० रहन्छ । कर्कट राशिका मानिसका लागि मिथुन, तुला या कुम्भ राशिकासँगको मित्रता त्यति राम्रो मानिदैन । यिनीहरुको बीचको प्रेम सम्बन्ध पनि निकै कम हुन्छ ।

वृश्चिक राशि :
जुन मानिसको राशि वृश्चिक हो ति मानिसका लागि कर्कट, वृश्चिक या मीन राशिका साथी उत्तम मानिन्छन् । यिनको प्रेम सम्बन्ध सफल रहन्छ । वृश्चिक राशिका मानिसका लागि वृष, कन्या या मकर राशिका साथी सामान्य रहन्छ । यिनको प्रेमसम्बन्ध आपसी तालमेलमा अधिक निर्भर रहन्छ।

यो पनि पढ्नुहोस् :   यी ७ राशिका लागि निकै शुभ छ यो महिना, हेर्नुहोस् असार महिनाको मासिक राशिफल

मिथुन, तुला या कुम्भ राशिका मानिसका साथ कन्या राशिका प्रेमसम्बन्ध सफल हुने संभावना ५०–५० रहन्छ । वृश्चिक राशिका मानिसका लागि मेष, सिंह या धनु राशिसँगको मित्रता राम्रो हुँदैन। यिनीहरूको प्रेम सम्बन्धको सफलता पनि कमै संभावना हुन्छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित पाेष्टहरु