The news from New Generation with new vision.

कस्तो छ मेष, वृष र मिथुन राशिको यो साता, हेर्नुहोस् साप्ताहिक राशिफल

मेष राशि : मेष राशि हुनेहरुका लागि यो साता राम्रो छ। अग्रजहरूबाट नयाँ कार्य सुरुवात गर्ने प्रेरणा मिल्नेछ । नयाँ मित्रको आगमन तथा सहयोगले मन प्रफुल्लित हुनेछ । बोलीको प्रभावका कारण अधुरा कार्य पूरा हुनेछन्। आफन्तजनले तपाईंको सहयोगका लागि धन्यवाद दिँदै प्रशंसा गर्नेछन् । सवारी साधन खरिद गर्ने साइत जुर्न सक्छ।

वृष राशि : वृष राशिका लागि यो साता सामान्य खालको रहेको छ। आफन्तहरूले आफ्नो सहयोगी भावनाको उचित मूल्यांकन गर्ने छैनन्।

विना कारण तपाईंको आलोचना हुनसक्छ । अध्ययनका लागि विदेश जाने प्रक्रिया अघि बढाए सन्तोषजनक परिणम प्राप्त हुनेछ । रातो रंगको पहिरनले मनोकांक्षा पूरा गर्न सहज बनाउनेछ।

त्यस्तै मिथुन राशि :

लामो समयपछि विचार मिल्ने साथीहरूसँग भलाकुसारी गर्दै मनोरञ्जन गर्न पाइनेछ। व्यवस्थित दिनचर्याले शारीरिक ऊर्जा प्राप्त भै काम थप सफलता हात पर्नेछ । खानपानको व्यवस्थापन नमिल्दा स्वास्थमा गडबडी देखा पर्न सक्छ । हरियो रंगको सवारी साधनले विशेष फाइदा पुर्‍याउनेछ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   रातमा कुकुर रोयो भने दिन्छ यस्तो संकेत
सम्बन्धित पाेष्टहरु