The news from New Generation with new vision.

पत्नी सीता र छोरी गंगासँगै अमेरिका उडे प्रचण्ड !

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिका प्रस्थान गरेका छन्।श्रीमती सीता दाहालको उपचारका लागि प्रचण्ड अमेरिका गएका हुन् ।

आइतबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले अमेरिकामा भएका साथीहरुले पार्किन्सन्सको नयाँ प्रविधिबाट उपचार सुरु भएको जानकारी गराएको र श्रीमती सीता दाहालले पनि पटक–पटक अमेरिकामा गएर उपचार गराइदिन जोड गरेपछि आफू जान लागेको बताए।

प्रचण्डले ७ देखि १० दिनमा उपचार सकिने अनुमान गरेको बताएका छन्। यदि नसकिएमा सीतालाई छोरी गंगाको जिम्मामा छाडेर आफू स्वदेश फर्किने प्रचण्डले बताए।

 

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   प्रधानमन्त्री ओलीले दिए पूर्ण चुनावी नतिजा नआउँदै मोदीलाई बधाई
सम्बन्धित पाेष्टहरु