कपाल धुँदा यस्ता गल्ति त गर्नुभएको छैन् ? सावधान

गते प्रकाशित

प्रतेक व्यक्ति आफनो कपाल बाक्लो र कालो होस् भन्ने चाहन्छन् । कपाल बाक्लो बनाउन विभिन्न तरिकाहरु अपनाइने गरिन्छ । तरपनि कतिपय मानिसलाई कपाल झर्ने समस्याले सताही रहेको हुन्छ ।

धेरै मानिसहरु कपाल झरेर तक्लु भएको पनि देखिन्छ । कपाल विभिन्न कारणले गर्दा झर्ने गर्छ । हामीले नुहाउदा कपालमा ध्यान नदिएको कारणले कपाल झर्ने गर्छ । कपाल धुँदा विभिन्न कुराहरुमा ध्यान दिनुपर्छ । कपाल धुने तरिकाले पनि कपाल झर्ने गर्छ जुन कुरा मानिसलाई थाहा नहुनसक्छ ।

कपाल तक्लु हुनबाट बचाउन ख्याल गर्नु पर्ने कुराहरु यस प्रकार छन् :
१) रुमालले कपाल नसुकाउने :

रुमालले कपाल सुकाउन खोज्दा कपाल जर्खरिन्छ र यसकारण कपाललाई हानि हुन्छ । यसको साटो तपाईं टिशर्ट कपालमा बाँध्नुस् वा पेपर ब्लट प्रयोग गर्नुस् ।

२) अति सर्वत्र वर्जयेत् :

तपाईंले टन्न श्याम्पू वा कन्डिस्नर प्रयोग गर्दा कपाल राम्रो हुन्छ भन्ने ठान्नुहुन्छ भने त्यो गलत हो । धेरै हालेर जितिने यो कुनै प्रतियोगिता होइन, थोरै काफी छ ।

३) हल्का माड्नुस् :

भाँडा माझेजस्तो गरी टाउको घोट्नुभयो भने कपालमा समस्या आउँछ । यसो गर्दा कपाल झर्छ र कमजोर हुन्छ । हल्का मात्र माड्नुस् र कपाललाई हानिबाट जोगाउनुस् ।

४) फेदबाट टुप्पोतिर :

कपालको सबभन्दा महत्वपूर्ण कुरा भनेको जरो हो । कन्डिस्नरलाई कपालको फेदबाट टुप्पोतिर लगाउँदा तपाईंको कपाल नरम हुन्छ ।

५) श्याम्पू राम्रो चीज होइन :

विज्ञापनहरूमा श्याम्पूका कारण कपाल नरम हुने भनी देखाइएको हुन्छ । यसो हुँदैन । लामो समयसम्म श्याम्पू प्रयोग गर्दा कपाललाई फाइदा भन्दा पनि हानि गर्छ । तिनीहरूमा भएका रसायनले तपाईंको कपाल सुक्खा हुन्छ र कपाल झर्न थाल्छ । यसको साटो विशुद्ध पानीले कपाल धुनुस् ।

६) तातोपानीले ननुहाउनुस् :

यो पनि पढ्नुहोस् :   सावधान ! पिसाब पोल्ने समस्या छ भने वेवास्ता नगर्नुहोस

दिनभर काम गरेर थाकेपछि तातो शावरमा छिर्न मन त लाग्छ तर यसरी तातो पानी टाउकोमा हाल्दा कपाल झर्छ । मनतातो पानीले नुहाएको ठीक । सम्भव भएसम्म चीसो पानीले कपाल नुहाउँदा त्यसले आराम पाउँछ ।

७) कन्डिस्नरको प्रयोग :

कन्डिस्नरको प्रयोगपछि धेरैजनाले त्यसलाई काम गर्न नदिइकन धोइहाल्छन् । तपाईं यो गल्ती नगर्नुस् । एउटा निश्चित समयसम्म कन्डिस्नरलाई टाउकोमा रहन दिनुस् । अनि कहिल्यैपनि चीसो कपालमा कन्डिस्नर नलगाउनुस् । सुक्खा कपालमा लगाएर केही समयपछि धुनु नै सही तरिका हो।

कमेन्ट गर्नुहोस्

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।