फेसबुक डाउन हुँदा कसलाई भयो फाइदा ?

गते प्रकाशित

सोसल मिडिया साइट फेसबुकले बुधबार इतिहासकै सबैभन्दा गम्भीर अवरोध व्यहोर्यो । विश्वका लाखौँ प्रयोगकर्ताले फेसबुक लगइन गर्न तथा सामाग्रीहरुमा लाइक–कमेन्ट तथा अपलोड गर्नमै समस्याको सामना गर्नुपर्यो । नियमित सुधारका क्रममा केहीबेर साइड डाउन भएको र छिट्टै नै त्यो पूर्ववत् अवस्थामा आउने फेसबुकले बताए पनि लामो समय फेसबुक अवरुद्ध भैरह्यो । फेसबुक अवरुद्ध हुँदा लाखौँ प्रयोगकर्ता समस्यामा परे । तर, एउटा एपले पनि फेसबुक अवरोधको गज्जब फाइदा उठायो।

प्राइभेट मेसेजिङ्ग प्लेटफर्म टेलिग्रामका अनुसार, पछिल्लो २४ घण्टामा ३० लाख प्रयोगकर्ता उक्त एपमा जोडिएका छन्।

टेलिग्रामका संस्थापक तथा सीईओ पावेल डूरोभले व्यक्तिगत टेलिग्राम च्यानलमा त्यसको जानकारी दिएका छन् । २४ घण्टामा ३० लाख नयाँ प्रयोगकर्ता टेलिग्रामसँग जोडिएको उनको भनाइ छ ।

टेलिग्राम एक नि:शुल्क एनक्रिप्टेड मेसेजिंग सर्भिस प्लेटफर्म हो । यसले सन् २०१३ मै इण्ड टू इण्ड एनक्रिप्सन फिचर थप गरेको थियो । सुरक्षित च्याटिङ्गको यो फिचर ह्वाट्सएपमा सन् २०१६ मा मात्रै थपिएको थियो ।

एक वर्षअघिको तथ्यांक अनुसार इन्स्टाग्रामका सक्रिय प्रयोगकर्ताको संख्या २० करोड रहेको छ । फेसबुकको तुलनामा यो यस अर्थमा उत्कृष्ट छ कि यसमा विज्ञापन देखिँदैन। एजेन्सीको सहयोगमा

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   फेसबुकको रङ निलो किन ? जान्नुहोस रोचक तथ्यहरु !

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।