‘नेकपा अध्यक्ष प्रचण्डको हत्याको षड्यन्त्र’

गते प्रकाशित

काठमाडौँ । नेकपा अध्यक्ष पुष्पकमल दाहालले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले आफ्नो हत्या गर्ने षड्यन्त्र गरेको बताएका छन्।

‘पछिल्लो चरण मेरो कार्यालयका सचिव भएर बसेका विप्लवले म (प्रचण्ड) लाई नै एक नम्बरमा राखेर मार्नुपर्ने भनेर माइन्युट गर्नुभएको छ रे। टिम पनि खटाउनुभएको छ भन्ने सरकारका तर्फबाट आज बिहान मलाई सूचना दिइयो,’ दाहालले भने, ‘के भएको होला साथीहरूलाई ? मलाई मारेर संघीय लोकतान्त्रिक गणतन्त्र बच्ने हो र ? ’

योङ कम्युनिस्ट लिगले आयोजना गरेको सहिद तथा बेपत्ता परिवार अभिनन्दन कार्यक्रमलाई बिहीबार पार्टी कार्यालय पेरिसडाँडामा सम्बोधन गर्दै दाहालले आफूलाई मार्ने योजना बनाएकामा ‘विप्लव’ प्रति दया लागेको बताए।

विप्लव समूहले नक्कल मात्र गरेर हिँड्न खोजिरहेको उनको भनाइ थियो। दाहालले भने, ‘साथीहरूले मेरै स्कुलको मात्र नक्कल गरेको देखिरहेको छु। साथीहरू नयाँ बाटो खोज्नुस्। प्रचण्डकै नक्कल गरेर प्रचण्ड बन्छु भन्ने सोच्नुभयो भने त्यो भ्रम हो। भ्रमले परिणाम दुर्भाग्यपूर्ण आउँछ।’

प्रचण्ड बन्न सजिलो नभएको भन्दै उनले एकै समयमा अर्को प्रचण्ड बन्न नसक्ने पनि जिकिर गरे। ‘प्रचण्डले यसो गर्‍यो अब म अर्को प्रचण्ड बन्छु भनेर हिँडेको सुनेको छु। सजिलो छैन प्रचण्ड बन्न,’ दाहालले भने। उनले आफूलाई जनताले नै प्रचण्ड बनाइदिएको बताए। आजको अन्नपूर्ण पोस्ट दैनिकले खबर छापेको छ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   यी हुन् विदेशी श्रीमान रोज्ने बलिउड सुन्दरी

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।