जानी राखौँ : प्याज खानुका यस्ता १० फाइदाहरु !

गते प्रकाशित

प्याज भान्सामा नियमित तरकारी वा मसलाकोरुपमा प्रयोग हुने बस्तु हो। कतिपयलाई प्याज मन नपरेपनि अधिकाँशलाई यो मन पर्छ ।

प्याज सामान्य देखिने बस्तु भएपनि यसका दर्जनौं फाइदा छन्। प्याजले रोगसँग लढ्ने क्षमता बढाउँछ भने अनुहार पनि सफा पार्छ । आँखाको दृष्टी बढाउने प्याजले विभिन्न रोगबाट पनि बचाउँछ। यहाँ प्याजका १० फाइदाबारे चर्चा गरिएको छ।

१) कोलेस्ट्रोल सन्तुलित राख्छ

प्याजमा पाइने एन्टी-ब्याक्टेरियल गुणले शरीरमा हुने कोलेस्ट्रोलको स्तर नियमितरुपमा कम राख्छ । प्याजमा हुने तत्वले पाँचन प्रणाली पनि सुधार गर्छ ।

२) मुटुलाई फाइदाजनक

काँचो प्याजले रक्तचापलाई सन्तुलित राख्छ । यसमा हुने मिथाइल सल्फाइड र एमीनो एसिडले कोलेस्ट्रोललाई नियन्त्रण गर्छ मुटुमा हुने रोग लाग्न दिँदैन ।

३) कपालका लागि फाइदाजनक

प्याजले कपाललाई पनि स्वस्थ राख्छ । प्याजको रस लगाउँदा कपाल झर्न रोकिन्छ भने कालो पनि हुन्छ । यसले कपाललाई फुल्नबाट रोकेर कालो पार्ने काम समेत गर्छ ।

४) क्यान्सरबाट बचाउँछ

प्याजमा सल्फर तत्व अधिक हुन्छ । यो पेटमा हुने कोलोन, स्तन वा फोक्सोको क्यानसरबाट बचाउन उपयोगी हुन्छ । यसले पिसावमा हुने संक्रमण समेत रोक्छ ।

५) मधुमेहबाट बचाउँछ

नियमित प्याज सेवन गर्दा शरीरमा इन्सुलिनको मात्र सन्तुलित हुन्छ र मधुमेहबाट बचाउँछ । मधुमेह हुने ब्यक्तिले नियमित खानामा प्याज सलादकोरुपमा खानु राम्रो हुन्छ ।

६) पत्थर

पत्थर भएका ब्यक्तिलाई प्याजको सेवन निक्कै राम्रो हुन्छ । प्याजको रस चिनीसँग मिलाएर शरवत बनाएर सेवन गरेमा पत्थरीको समस्या रहँदैन । प्याजको रस सहितको पानी विहानमा सेवन गर्दा पत्थरी निस्कन्छ ।

७) कब्जियतको समस्या समाधान

प्याज सेवन गर्दा कब्जियतको समस्या पनि समाधान हुन्छ । प्याजमा हुने रेशादार पदार्थले पेटमा हुने समस्याबाट मुक्त गर्छ ।

८) चिसोबाट बचाउँछ

यो पनि पढ्नुहोस् :   कपालमा घ्यूले मसाज गर्नुहोस्, पाउनुहुनेछ नसोचेको फाइदा

प्याज गर्मी चिज हो । यसले चिसो हुनबाट बचाउँछ। चिसो लागेको समयमा वा रुघा खोकी लाग्दा प्याजको सेवन गर्दा फाइदा हुन्छ ।

९) लू बाट बचाउँछ

गर्मी मौषममा प्याज सेवन गर्दा लू लाग्ने खतरा हुँदैन । प्याजको एक चम्चा रस पानीमा मिसाएर छातीमा मालिस गर्दा फाइदाजनक हुन्छ।

१०) यौन शक्ति बढाउँछ

प्याजले यौन शक्ति पनि वृद्धी गर्छ। सुन्दर यौन जीवनका लागि प्याजको सेवन फाइदाजनक मानिन्छ। पुरुषले प्याजको सेवन गर्दा उनीहरुको यौन शक्ति बढ्छ।

कमेन्ट गर्नुहोस्

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।