The news from New Generation with new vision.

भोलिदेखि राहदानी विभाग ९ बजे नै खुल्ने

काठमाडौँ । राहदानी विभागले भोलि शुक्रबारदेखि कार्यालय समय परिवर्तन गर्ने भएको छ। शुक्रबारदेखि बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कार्यालय खुल्ने राहदानी विभागले जनाएको छ।

सेवाग्राहीको चाप व्यवस्थापन र कामको गुणस्तर तथा प्रभावकारिता बढाउन ९ बजेदेखि साँझ ५ बजेसम्म कार्यालय खोल्ने निर्णय गरिएको विभागले जनाएको छ।

पहिले पनि विभागको कार्यालय समय बिहान ९ देखि साँझ ५ बजेसम्म थियो । तर यो वर्षको सुरुदेखि प्रविधिक कारण देखाउँदै कार्यालय समय १० बजेदेखि ५ बजेसम्म बनाएको थियो।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   त्रिभुवन विमानस्थलबाट ७ करोड बढी भारतीय नक्कली नोटसहित ६ जना पक्राउ
सम्बन्धित पाेष्टहरु