The news from New Generation with new vision.

विरामीको मृत्युपछि जोरपाटी मेडिकल कलेजमा तोडफोड, दर्जनौँ घाइते

काठमाडौं । जोरपाटी स्थित अत्तरखेलमा रहेको नेपाल मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार गराइरहेका एक विरामीको मृत्यु भएपछि हंगामा मच्चिएको छ।

मंगलबार बेलुका ५ बजे पत्रे रोगको उपचारका लागि भर्ना भएका काँगेश्वरी मनोहर नगरपालिका आलापोटका ४५ वार्षिय सुर्दशन फुयाँलको मृत्युपछि आफन्ता र प्रर्दशनकारीहरुले अस्पताल तोडफोड गरेका छन्। अस्पतालका सिसा, टेबुल, कुर्सी, झ्याल लगायत गाडी समेत फुटेका छन्। मृतकका आफन्तहरुले अस्पतालमा डाक्टरको लापरवाहीका कारण विरामीको मृत्यु भएको भन्दै अस्पताल परिसरमा आन्दोलन गर्दै ईट्टा प्रहार गरेका हुन्।

भीडलाई नियन्त्रण गर्न सयौं संख्यामा प्रहरी परिचालन गरिएको छ। प्रहरीले भिडलाई नियन्त्रणमा लिन खोज्दा प्रहरी र प्रर्दशनकारीबीच झडप समेत भएको छ। झडपमा पाँच प्रहरी, मृतकका छोरा सुराज फुयाँलसहित दर्जनौ घाईते भएका छन्। मृतकको छोरा सुराजको पनि प्रहरीको कुटाईबाट टाउँकोमा चोट लागेको छ।

अस्पताल भर्ना गरेको २४ घण्टा नबित्दै विरामीको मृत्यु भएपछि पीडितहरु अस्पताल व्यवस्थापनप्रति आक्रोशित बनेका हुन्।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   सन्दीप लामिछाने क्यारेबियन लीगमा महँगो मूल्यमा 'बिक्री'
सम्बन्धित पाेष्टहरु