खुट्टाको पैताला हेरेर थाहा पाउनुहोस् आफ्नो भाग्य आफै

गते प्रकाशित

एजेन्सी । जसरी हामी हात हेरेर आफ्नो भविष्यका बारेमा धेरै कुरा थाहा पाउन सक्छौँ, त्यसैगरी खुट्टाको पैताला हेरेर पनि भविष्यका बारेमा धेरै कुराका बारेमा जानकारी प्राप्त गर्न सकिन्छ। तपाईको हातको रेखाले भविष्यका बारेमा धेरै कुरा बताए जस्तै तपाईको पैतालले पनि धेरै कुराको शंकेत गर्ने गर्दछ।

तपाईको घरमा कुनै नयाँ सदस्यको अर्थात नयाँ दुलहीको आगमन भएको छ भने उनको खुट्टाको पैताला हेरेर पनि धेरै कुराका बारेमा जानकारी प्राप्त गर्न सकिन्छ। आज हामी तपाईलाई आफ्नो पैताला हेरेर कसरी भविष्यका बारेमा थाहा पाउने भन्ने बारेमा जानकारी दिदैछौ।

सुमद्र सास्त्रमा खुट्टालाई शुभ मानिने गरिन्छ। बच्चा जन्मिएपछि र विवाहपछि घरमा आएकी बुहारीको सबै भन्दा पहिले खुट्टा हेरेर उनीहरुको भाग्यका बारेमा अनुमान गर्न सकिन्छ। आउनुहोस् तपाईपनि थाहा पाउनुहोस् खुट्टा हेरेर कसरी भाग्यका बारेमा थाहा पाउने ः

जुन व्यक्तिको खुट्टाको कुर्कुच्चादेखि औँलासम्म रेखा छ भने बच्चा जन्मदेखिनै धनवान छ भन्ने संकेत हो। यस्ता व्यक्ति भविष्यमा पनि धनी नै रहने तर पनि आफूचाही कहिलै सुन्तुष्टी नहुने हुन्छन्।

जुन व्यक्तिका पैतला सेता रंगका हुने गर्दछन्, उनीहरुको स्वभाव लालच गर्ने र अपराधिक कार्यमा पनि संलग्न रहने खाले हुन्छन्। यिनीहरुले जीवनभर संघर्ष गर्नु पर्दछ।

जुन व्यक्तिका पैतला कोमल र नरम हुने गर्दछन् यस्ता व्यक्तिमा सुख समृद्धिको भण्डार हुने गर्दछ। यस्ता व्यक्तिको जीवनमा सधै खुसी भइरन्छ र विदेश यात्राको पनि योग रहेको हुन्छ।

जुन व्यक्तिको खुट्टा कालो हुने गर्दछ, त्यस्ता व्यक्तिमा सधै धनको कमी हुने गर्दछ र कुनै र कुनै बिरामीका शिकार हुने गर्दछ।

जुन व्यक्तिको औँला खुल्ला र पैतला पहेँलो हुने गर्दछ यस्ता व्यक्ति खर्च कम गर्ने खाले हुन्छन्। तर यिनीहरुमा आर्थिक संकतले कहिलै छोड्नैन्।

जसको पैतला नरम र समतल हुने गर्दछन्, त्यस्ता व्यक्ति भाग्यशाली मानिने गर्दछन्। यिनीहरु आफ्नो हरेक सपना पुरा गर्ने खाले हुन्छन्।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   के छ ७ अंकको रहस्य ! किन भनिन्छ लक्की ७ ?

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।