कोरियाली भाषा परीक्षा आगामी जेठमा

गते प्रकाशित

काठमाडौँ । रोजगार अनुमति प्रणाली (इपिएस)अन्तर्गत सन् २०१९ का लागि प्रथम चरणको कोरियाली भाषा परीक्षा आगामी जेठमा हुने भएको छ।

वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखाले आज एक सूचना जारी गर्दै भाषा परीक्षाका लागि आगामी चैत ८ देखि १७ गतेसम्म आवेदन दर्ता गर्न सकिने जनाएको छ।

आवेदकको परीक्षा काठमाडौँ र पोखरा केन्द्रबाट सञ्चालन गरिनेछ । दरखास्त दर्ता गर्दा नै परीक्षार्थीले आफूले परीक्षा दिन चाहेको केन्द्र रोज्नुपर्ने इपिएस शाखाले जनाएको छ। पोखरा केन्द्रको हकमा पहिलो आउने १२ हजार मात्रले आवेदन फाराम भर्न सक्नेछन्।

भाषा परीक्षाका लागि इपिएस शाखाको वेबसाइट eoers.epsnepal.gov.np बाट अनलाइनमार्फत फारम भर्न सकिने छ। परीक्षाको विस्तृत विवरण आगामी जेठ १९ गते प्रकाशन गरिने छ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   पत्नी सीता र छोरी गंगासँगै अमेरिका उडे प्रचण्ड !

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।