The news from New Generation with new vision.

कप्तान खड्कासहित पाँच खेलाडी सिप्यानका लागि मनोनयन

काठमाडौँ । क्रिकेट खेलाडी सङ्घ नेपाल (सिप्यान)को आयोजनामा हुने एनसीसीएस–सिप्यान अवार्डअन्तर्गत पुरुष वर्ष क्रिकेट खेलाडी अवार्डको मनोननयमा राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कासहित पाँच खेलाडी परेका छन् ।

पुरुष वर्ष क्रिकेट खेलाडी अवार्डको मनोनयनमा कप्तान खड्कासहित दिपेन्द्रसिंह ऐरी, करण केसी, सन्दीप लामिछाने र सोमपाल कामीको नाम (सिप्यान)द्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरेको हो। यस अवार्डको विजेता खेलाडीले अवार्डसँगै रु एक लाख ३२ हजार प्राप्त गर्नेछन् ।

क्रिकेटकै महिलातर्फ नेपाली टोलीका कप्तान रुबिना क्षेत्री बेल्बासे, सरिता मगर, इन्दु बर्मा, करुणा भण्डारी र सिता राना मगर मनोनयनमा परेकी छिन्। त्यसैगरी उदयमान क्रिकेट खेलाडीमा कविता कुँवर, अविनाश बोहरा, ललित नारायण राजवंशी, रोहितकुमार पौडेल र सन्दीप जोरा परेका छन्।

सिप्यानले लाइफटाइम्स अचिभमेन्ट अवाडर्, वर्ष महिला खेलाडी, वर्षको १० उत्कृष्ट क्षण र उदयमान खेलाडीको विजेता खेलाडीले रु ६६ हजार प्राप्त गर्नेछ। सिप्यानले पाँच विधाको अवार्ड यही फागुन २१ गते प्रदान गर्ने जनाएको छ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   प्रेमिकाको ऋण नतिर्दा म्यारोडोना हिरासतमा
सम्बन्धित पाेष्टहरु