Under Menu add (Inside news)

जेलमा रहेका पाकिस्तानी कैदीको भारतले गर्यो ढुङ्गाले हानीहानी हत्या

एजेन्सी । भारतको राजस्थानमा जयपुरको केन्द्रीय जेलमा भएका एक पाकिस्तानी कैदी शकरुल्लाहको जेलको ब्यारेकमा नै कैदीहरुले कुटीकुटी हत्या गरेका छन्।

पाकिस्तानमा सियालकोटमा बस्ने शाकरुल्लाह जन्मकैदको सजाय काटिरहेका थिए। जेलका भएका चार भारतीय कैदीले उनको ढुङ्गाले हानीहानी हत्या गरेको बताइएको छ।

पुलिसका अनुसार घटना बुधबार अपरान्हको हो। जयपुर पुलिसका वरिष्ठ अधिकारी लक्ष्मण गौडले जेल बाहिर जम्मा भएका पत्रकारसँगको कुराकानीमा यसबारे पुष्टि गरेका हुन्।

गौडका अनुसार प्रारम्भिक रुपमा जेलमा टिभीको आवाजको विषयमा विवाद भएपछि घटनाले हत्याको रुप लिएको हो।

चार कैदीको पहिचान भइसकेको गौडले बताए। घटनाको सही तस्बिर सार्वजनिक होस् भन्नका लागि घटनाबारे थप अनुसन्धान भइरहेको गौडले बताए ।

घटनाको सम्बन्ध पुलवामा हमलासँग जोडिएको छ भन्ने प्रश्नमा पुलिस अधिकारीले अहिलेसम्म टिभीको आवाजको विषयमा झगडा सुरु भएको कुरा पत्ता लागेको जानकारी दिए ।

शाकरुल्लालगायत अन्य दुई पाकिस्तानी कैदीलाई सन् २०१७ मा जयपुरको एक अदालतले भारतमा आतंक फैलाएको आरोपमा जन्मकैदको सजाय सुनाएको थियो । त्यतिबेला देखि उनी जेलमा थिए। उनीमाथि चरमपन्थी संगठन लश्कर ए तैएबका लागि काम गरेको आरोप थियो।

Loading...