The news from New Generation with new vision.

यसरी सजिलै छाड्न सकिन्छ चुरोट !

काठमाडौं । शुरुका दिनहरुमा साथीहरुको लहलहैमा लागेर चुरोट सेवन गर्ने सिकेपनि पछि छोड्न सकिरहेका हुँदैनन्। चुरोटको सेवन छोड्ने धेरै तरिकाहरु छन् । ती मध्ये कुनै एक कुरामा प्रतिवद्ध हुनुपर्छ।
 
यस्तै चुरोट छोड्नका लागि परिवार र आफन्तको पनि सहयोग लिन सकिन्छ । चुरोट छोड्ने बेला पुनः खान मन लागेमा के गर्ने भन्ने विकल्पको बारेमा पनि सोच्न जरूरी हुन्छ । जस्तै यस्तो बेलामा चुरोटको सट्टा चकलेट, चुइंगम खान सकिन्छ।
 
चुरोट छोड्ने बेलामा एउटा मात्रै त हो नि भन्ने विचार मनमा आउन दिनुहुँदैन । एउटा मात्र भन्दा फेरि पहिले जस्तै लत बस्न सक्छ । आफूलाई काममा ब्यस्त राखेर पनि यसतर्फको ध्यान हटाउन सकिन्छ।
 
चुरोट सेवन गर्ने ब्यक्तिहरुको संगत सकेसम्म नगरेमा सजिलो हुन्छ । यदि सेवन गर्ने ब्यक्ति छन भने आफनो अगाडी सेवन नगर्न आग्रह गर्नुपर्छ । राती चाँडै सुत्दा चुरोटकोबारेमा कम सोचिन्छ ।
 
आराम गर्ने संगीत सुन्ने र मानसिक तनाव कम गर्ने । शुरुको एक साता अलि अप्ठेरो भए पनि बिस्तारै यसलाई भुल्न सकिन्छ । यसको सेवनबाट पर्ने गएको असरबारे सबैलाई भन्यौँ भने पनि अरुलाई मद्धत पुग्छ।
कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   लालीगुराँस संस्थाले माग्यो १६ पदमा ३३ कर्मचारी
सम्बन्धित पाेष्टहरु