The news from New Generation with new vision.

७ वर्षपछि विवाह बन्धनमा बाँधिए अभिनेता संजोग र अभिनेत्री वर्षा (फोटो सहित)

13

काठमाडौँ । ७ वर्ष देखीको प्रेम सम्बन्धलाई अभिनेता संजोग कोइराला र अभिनेत्री वर्षा राउतले आज बिवाहमा परिणत गरेका छन।

लामो समय देखि एकअर्काको प्रेममा रहेका उनिहरुले आज प्रणय दिवसको अवसर पारेर बन्धनमा बाँधिने जानकारी यो भन्दा पहिला नै घोषणा गरिसकेका थिए ।

सोमबार मात्र परिवारका सदश्य सहित काठमाडौँको एक होटेलमा उनिहरुले टिका टालो गरेका थिए। सन्जोग चलचित्र सँगै व्यवसायमा पनि सक्रिय रहदै आएका छन भने वर्षा चलचित्र अभिनयमा सक्रिय रहेकी छिन्।

उनीहरुको बिवाहको खवर सामाजिक सञ्जालमा आएसंगै उनका शुभचिन्तक तथा फ्यानहरुलाई बधाई तथा शुभकामना दिन भ्याई नभ्याई भएको छ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   रवि लामिछानेको पक्षमा भएको प्रदर्शनप्रति नेकपाको आपत्ति
सम्बन्धित पाेष्टहरु