स्वस्थ र ऊर्जावान छ मीन राशिको ‘वार्षिक राशिफल २०१९’

गते प्रकाशित

मीन राशि । मीन राशिको २०१९ को राशिफलअनुसार, यस वर्ष तपाईँको स्वास्थ्य स्थिति राम्रो रहने छ। तर पनि, आफ्नो स्वास्थ्यलाई लिएर तपाईँ निकै सतर्क हुनुपर्ने छ। आफूलाई स्वस्थ राख्न, तपाईँले योग, व्यायाम, जिम जाने र कुद्ने जस्ता गतिविधि गर्न सक्नु हुने छ। आफ्नो दैनिकी अझ स्वस्थ बनाउनुहोस्।

बिहान चाँडै उठ्नुहोस् र राति ठिक समयमा सुत्नुहोस्। स्वास्थ्य राम्रो राख्नका लागि पर्याप्त निद्रा लिनुहोस्। आफ्नो अन्तर्मनलाई शान्त पार्न ध्यान पनि गर्न सक्नुहुने छ। यदि तपाईँ मानसिक र शारीरिक रूपमा स्वस्थ हुनुहुन्छ भने तपाईँको करियर पनि नयाँ उचाइमा उड्ने छ। कार्यस्थलमा, तपाईँले नितान्त नयाँ पहिचान पाउनु हुने छ।

तपाईँको छवि एकजना कर्मठ, समर्पित र इमानदार कर्मचारीको बन्ने छ। २०१९ को राशिफलअनुसार, तपाईँले आर्थिक चुनौतिको सामना गर्नु पर्न सक्छ र त्यसैले वर्षभरि आफ्नो अर्थिक स्थितिलाई लिएर तपाईँ सतर्क हुनु पर्छ। कुनै जोखिमपूर्ण निर्णयमा अगाडि बढ्नुअघि, त्यसबारे राम्ररी विचार गर्नुहोला अन्यथा तपाईँलाई आर्थिक घाटा हुन सक्छ।

प्रेम प्रसङ्गलाई लिएर यस वर्ष तपाईँ दुविधामा रहनु हुने छ। आफ्नो प्रेम सम्बन्धबारे तपाईँको मनमा कुनै विशेष शङ्का हुन सक्छ। तपाईँका प्रियजनसँग त्यस विशेष कुरालाई लिएर चर्को बहस हुन सक्छ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   सुन्दर रहन कुन भिटामिनको के भूमिका हुन्छ ?

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।