The news from New Generation with new vision.

प्रचण्डकी नातिनी स्मिता र सशस्त्र प्रहरी महानिरीक्षक खनालका छोरा सान्धियको गीत ‘भुर्र भुर्र’ बजारमा

7

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालका प्रहरी महानिरीक्षक शैलेन्द्र खनालको गीत सार्वजनिक भएको छ।

प्रणय दिवसको अवसर पारेर बिहीबार सार्वजनिक भएको ‘भुर्र भुर्र : यो मन उड्यो चरा बनी आकाशमा’ बोलको गीतमा शैलेन्द्र शरदको शब्द र गैरे सुरेशको संगीत रहेको छ।

गीतमा महानिरीक्षकका छोरा सानिध्य खनाल र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी नातिनी स्मिता दाहालले स्वर भरेका छन्। आस्क इन्टरटेन्मेन्टले बजारमा ल्याएको यो गीतको भिडियोमा श्री पाण्डे र जितेन श्रेष्ठले अभिनय गरेका छन्।

शरद–२’ नाम दिइएको एल्बममा ७ वटा गीत समावेश रहेको संगीतकार गैरे सुरेशले जानकारी दिनुभयो । सशस्त्र प्रहरीका महानिरीक्षक खनाल डेढ दशकभन्दा बढी समयदेखि सांगीतिक क्षेत्रमा सक्रिय हुनुहुन्छ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   रवी लामिछाने पक्राउपछि मलाई गोलि ठोक भन्दै छाती थापेर रुँदै चौकी पुगिन्आमा (भिडियो)
सम्बन्धित पाेष्टहरु