The news from New Generation with new vision.

धुम्बाराहीमा जनयुक्त दिवस मनाईयो, वामदेवदेखि को को पुगे ?

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले तत्कालीन नेकपा माओवादीले जनयुद्ध सुरु गरेको दिनको आज स्मरण गरेको छ ।

तत्कालीन नेकपा माओवादीले २०५२ सालमा सशस्त्र युद्ध सुरु गरेको दिन अर्थात् फागुन १ गतेलाई जनयुद्ध दिवसका रुपमा मनाउँदै आएको थियो।

तर, तत्कालीन माओवादी र तत्कालीन एमालेबीच पार्टी एकीकरण भएपछि यो दिनलाई जनयुद्ध दिवस नभनी जनआन्दोलन र जनयुद्धका शहीदहरुप्रति श्रद्धाञ्जली कार्यक्रम नाम दिएर मनाएका छन्।

नेकपाले आज पार्टी कार्यालय धुम्बाराहीमा आयोजना गरेको कार्यक्रममा शीर्ष नेताहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुने कार्यक्रम छ । यसअघि नेता वामदेव गौतम सहभगी भएर कार्यक्रमबाट बाहिरिएका छन् ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   काठमाडौँको कपनमा हातखुट्टा बाँधेर झुण्ड्याएको अवस्थामा महिलाको शव फेला
सम्बन्धित पाेष्टहरु