पोखराको लेकसाइडमा १४ वर्षीय बालकको घाँटी रेटेर हत्या

गते प्रकाशित

पोखरा । पोखराको टुरिजम् एरिया लेकसाइडमा १४ वर्षिय बालकको निर्मम हत्या भएको छ । पाल्पा घर भई लेकसाइडमा आमासँग बस्दै आएका सचिन सिन्जालीको घाँटी रेटेर हत्या गरेको अवस्थामा हल्लनचोक स्थित निर्माणाधीन एक भवनमा शव फेला परेको हो ।

हल्नचोकबाट पामे तर्फ जाने बाटोमा बन्दै गरेको घरमा एक जनाको हत्या भएको अवस्थामा शव भेटिएको वडा प्रहरी कार्यालय बैदामका डिएसपी नविन कार्कीले जानकारी दिए । घाँटीमा धारिलो हतियार प्रयोग गरि हत्या भएको स्थितिमा शव भेटिएको उनले जनाए ।

उनको शव पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पठाईएको छ । घटना सम्बन्धमा अनुसन्धान भैरहेको डिएसपी कार्कीले बताए । उनका अनुसार भुईँ तलामा सडक बालबालिकाहरु सुत्ने गरेको पाइएको छ ।

उनको पनि सुतिरहेको अवस्थामा हत्या भएको हुनसक्ने कार्कीले बताए ।राति साढे २ बजे नै घटनास्थल पुगेर अनुसन्धानमा लागेको प्रहरीले बताएको छ । घटनामा सडक बालबालिकाको संलग्नता समेत हुनसक्ने तर्फ पनि अनुसन्धान अघि बढाइएको छ ।

आमा सुनिता घटनापछि भावविह्वल छिन् । उनी श्रीमान्सँग १२ वर्षदेखि सँगै छैनन् । मृतकका बाबु गोबिन्द सिन्जाली पनि पोखरा नै छन् । उनी लेकसाइडकै शान्ति पाटनमा फ्रेसहाउस संचालन गर्दै आएका छन् । मृतक सचिन हजुरआमा र आमासँग नै बस्दै आएका थिए । कहिलेकाहिँ बुबासँग पैसा माग्न जाने गर्दथे । सचिनका दाइ पनि छन् । आमा सुनिता लेकसाइडमै एक स्पा चलाउँदै आएकी छन् ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   जनकपुरमा सामूहिक बलात्कारपछि बालिकाको शरीर जलाइएको पुष्टी

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।