साढे २ करोड धरौटी बुझाएर गोपाल खड्का तारेखमा रिहा

गते प्रकाशित

काठमाडौं । गैरकानुनी सम्पत्ति आर्जनको आरोप खेपेका नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्का साढे २ करोड रुपैयाँ धरौटी बुझाएर तारेखमा छुटेका छन् ।

खड्कासँग विशेष अदालतले साढे २ करोड रुपैयाँ धरौटी मागेको हो । मङ्गलबार विशेष अदालतमा हाजिर भएका खड्कासँग अध्यक्ष बाबुराम रेग्मी, सदस्यहरू प्रमोदकुमार श्रेष्ठ र नारायणप्रसाद पोखरेलको इजलासले साढे २ करोड रुपैयाँ माग गरेको थियो।

अख्तियारले खड्कामाथि १८ करोड ६६ लाख ५ हजार ६२९ रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको अभियोग लगाएको थियो।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   प्रतिनिधिसभा बैठकमा पशुपति र पाठकको विषयले चर्काचर्की

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।