The news from New Generation with new vision.

उपप्रधानमन्त्री उपेन्द्र यादवकी बुहारीको निधन

काठमाडौँ । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवकी बुहारीको उपचारका क्रममा निधन भएको छ । भक्तपुरमा रहेको क्यान्सर अस्पतालमा उपचाररत यादवकी बुहारी मनिषाको मंगलबार निधन भएको हो।

दिल्लीस्थित एम्स अस्पतालमा डेढ वर्षसम्म उपचार गराउँदा पनि ठिक नभएपछि मनिषालाई आठ महिना अघि नेपाल ल्याइएको थियो। त्यहाँका डाक्टरले मनिषा लामो समयसम्म बाँच्न नसक्ने भनेका थिए।

काठमाण्डौमा उनलाई घरमै राखेर उपचार गरिँदै आएकोमा ६ दिनअघि रोगले च्यापेपछि मनिषालाई भक्तपुरस्थित क्यान्सर अस्पतालमा भर्ना गरिएको थियो।

संघीय समाजवादी फोरम नेपालका अध्यक्षसमेत रहनुभएका यादवका छोरा अमरेन्द्र यादव र मनिषाको २०७२ वैशाख २९ गते विवाह भएको थियो । उनीहरुको दुई वर्षकी छोरी छिन्।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   ‘रेग्मीको निधनले पार्टीलाई अपुरणीय क्षति’
सम्बन्धित पाेष्टहरु