स्याङ्जाको मालेबगर खेलमैदानमा प्रथम स्याङ्जा आँधिखोला महोत्वस हुने

गते प्रकाशित

कुमार बाबु हितांगा

स्याङ्जा, गण्डकी । स्याङ्जा “कृषि, पर्यटन, उधोग र व्यसाय विकास हाम्रो सान, प्रथम स्याङ्जा आँधिखोला महोत्वस हाम्रो पहिचान” भन्ने मुल नाराका साथ यहि फागुन १७ देखि २६ सम्म स्याङ्जाको सदरमुकाम स्याङ्जा बजार आँधिखोला छेउ मालेबगर खेलमैदानमा महोत्सव हुने भएको छ।

स्याङ्जा चेम्बर अफ कमर्शले पुतलीबजार नगरपालिका १४ स्थित धार्मिक पर्यटकीय केन्द्र सतौंचण्डी मन्दिरमा सोमबार आयोजित पत्रकार सम्मेलन मार्फत दश दिने महोत्सव गर्ने जानकारी दिइएको हो।

स्याङ्जा जिल्लाको कृषि,पर्यटनलाई विकास प्रर्वद्दन र मौलिक सस्कृति,भेषभुषाको जर्गेनाको लागि प्रथम स्याङ्जा आँधीखोला महोत्सव गर्न लागेको स्याङ्जा चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष श्री गुरुङ्ले जानकारी दिए ।

बिभिन्न २ सय स्टलहरु राखिने भएका छन् । करिब ३ लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको महोत्सबबाट ७० लाख आम्दानी गर्ने र ५० लाख खर्च गर्ने जनाइएको छ।

बचत मध्येको २० लाख रुपैंया बिभिन्न सामाजिक कार्यका लागि खर्च गर्ने आयोजकले जनाएको छ । महोत्सवबाट कृषि, घरेलु उद्यम, पर्यटन, ब्यापार, शिक्षा, स्वास्थ्य क्षेत्रको प्रवर्दनका सहयोग पुग्ने अपेक्षा लिएको छ।

सम्मेलनमा बोल्दै प्रतिनिधीसभा सदस्य नारायणप्रसाद मरासीनीले महोत्सव मार्फत स्याङ्जाको पहिचान देश विदेशमा पुरयाउनुका साथै जिल्लामा उत्पादित बस्तुको प्रचारप्रसार गर्ने अवसरलाई सहि सदुपयोग गर्न आग्रह गर्नुभयो।

महोत्सव सफल बनाउने सहयोग गर्ने प्रतिवद्धता जनाउदै सबैले सहयोग गरे महोत्सव सफल बनाउनु पर्नेमा जोड दिनुभयो। कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सीता सुन्दास, पुतलीबजार नगरप्रमुख सीमा क्षेत्री, उपप्रमुख महेश पुरी, नेकपा एमालेका टीकाराम पौडेल, नेपाली कांग्रेसका जिल्ला सदस्य पृथ्वीप्रसाद पोखरेल, वडा अध्यक्षहरु शेषराज ढकाल र अमृतप्रसाद श्रेष्ठ, पत्रकार महासंघका अध्यक्ष ओमप्रकाश शर्मा, रेडियो स्याङ्जाका स्टेशन प्रवन्धक रमेश गोदार लगायतले महोत्सव सफल बनाउन सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको थियो।

च्याम्बर अफ कमर्शका अध्यक्ष नन्दकुमारी लम्सालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ उपाध्यक्ष श्रीबहादुर गुरुङ्ले स्वागत एवं महासचिव लोकनाथ रेग्मीले संचालन गर्नुभएको थियो । कार्यक्रममा च्याम्बर अफ कमर्शका अध्यक्ष नन्दकुमारी लम्सालले महोत्सवका गतिबिधिका बारेमा जानकारी गराउनुभएको थियो।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   बागलुङ जिप दुर्घटनाः चार जनाको मृत्यु

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।