The news from New Generation with new vision.

ट्याक्टर दुर्घटनामा ३ जनाको मृत्यु

काठमाडौं । इलाम, मोरङ र सिराहामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ।

इलाम, देउमाई नगरपालिकास्थित सडकमा पाँचथरबाट इलाम जाँदै गरेको को १ त ४२६७ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट अन्दाजी ६० मिटर तल खसेर आइतबार बिहान दुर्घटना हुँदा चालक इलाम देउमाइ नगरपालिका २ भदौरे बस्ने २६ वर्षीय सुमन गुरुङको घटनास्थलमै मृत्यु भएको छ।

साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार अन्य २ जनालाई उपचारको लागि मनमोहन अस्पताल झापातर्फ लगिएको छ।त्यस्तै मोरङ, बिराटनगर महानगरपालिका ३ स्थित सडकमा को १ ख ७०९२ नम्बर टिपरले कटहरी गाउँपालिका २ बस्ने ५० वर्षीय लगनलाल राजबंशीलाई आइतबार बिहान ठक्कर दिंदा घटनास्थलमै मृत्यु भएको छ।

टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।सिराहा, नरहा गाउँपालिका ५ बस्ने ४५ वर्षीय शिब नन्दनले आफ्नो घर बनाउनको लागि स।१ त ३४६१ नम्बरको ट्याक्टरमा इट्टा ल्याई झार्ने क्रममा सोही ट्याक्टरले किचिएर शिबनन्दन ठाकुरको आइतबार बिहान मृत्यु भएको छ।

शनिबार राति ट्याक्टरले किचिएर गम्भीर घाइते भएका उनको बिराटनगर गोल्डेन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

कमेन्ट गर्नुहोस्
यो पनि पढ्नुहोस् :   वरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठ रहेनन्
सम्बन्धित पाेष्टहरु