क्रस कन्ट्री दौड प्रतियोगिताको उपाधि धावक खत्रीलाई

गते प्रकाशित

कुमार बाबु हितंगा/स्याङ्जा । स्याङजामा सम्पन्न प्रथम क्रस कन्ट्री राष्ट्रिय दौड प्रतियोगिताको उपाधि नेपाल आर्मीका ३५ बर्षिय धावक राजन खत्रीले जितेका छन् ।

उक्त प्रतियोगितामा ३१ धावकलाई पछि पार्दै निर्धारित ३१ किलोमिटर १ घन्टा ५७ मिनेट ५९ सेकेन्डमा पार गरी खत्रीले उपाधि जितेका हुन् । उपाधिसँगै खत्रीले मेडल, ट्रफि तथा प्रमाणपत्र सहित नगद रु ५० हजार हात पारे । त्यसैगरी २ घन्टा ३ मिनेट ३१ सेकेन्ड र २ घन्टा १० मिनेट ३ सेकेन्डमा पुरा गर्दै क्रमश द्धितीय र तृतिय स्थानमा रहेका भीरकोट– ५, स्याङ्जाका १९ वर्षे अशोक थापा र जुम्लाका धीरबहादुर बुढाले मेडल ट्रफि तथा प्रमाणपत्र सहित जनही नगद रु ४० हजार र रु ३० हजारमा चित्त बुझाए ।

कोल्माको बराहचौरबाट शुरु भई काहुले, डाडाँस्वारा, नाम्चे, काल्खु, राईपुर बिसौना, पोखरीछाप हुदै ओडारे, खुदी, मड्किना भञ्ज्याङ्, बराहखोला हुदै पुन कोल्मा बराहचौरमा आएर सम्पन्न भएको दौड सातसय कोल्मा बहाकोट सम्पर्क मञ्चको आयोजनामा शनिबार सम्पन्न भएको हो । यस्तै, २१ वर्ष मुनिको १४ किलोमिटर दौडमा पुतलीबजार नगरपालिकाका कमलप्रसाद श्रेष्ठ कान्छाले ६४ जनालाई पछाडि पार्दै १ घन्टा १४ मिनेट ५२ सेकेन्डमा दुरी पार गरी प्रथम भए ।

श्रेष्ठले मेडल, ट्रफि तथा प्रमाणपत्र सहित नगद रु २० हजारको प्राप्त गरे । त्यस्तै १ घन्टा १५ मिनेट ५२ सेकेन्डमा दौड पूरा गर्दे द्धितीय बनेका भीरकोटका गणेश गुरुङले जननी रु १५ हजार प्राप्त गरे भने १ घन्टा १७ मिनेटमा पुरा गर्दै तृतिय बनेका बिरुवाका रुद्रबहादुर भुजेलमेडल, जननी रु १५ हजार र रु १० हजार सहित मेडल, ट्रफि तथा प्रमाणपत्र नगद रु प्राप्त गरे ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य राजिव गुरुङले उद्घाटन गरेका उक्त दौड प्रतियोगिताका विजेता तथा सहभागी धावकलाई सांसद तथा कार्यक्रमका प्रमुख अतिथि नारायणप्रसाद मरासिनी, संविधान सभा सदस्य राजु थापा, गण्डकी प्रदेश सभा सदस्य दिपक चर्ती मगर, पुर्व राष्ट्रिय फुटबल खेलाडी तथा मेजर कृष्ण आले मगर, जिल्ला समन्वय समिती स्याङ्जाको अध्यक्ष सीता सुन्दास लगायतले मन्तव्य राखेका थिए ।

यो पनि पढ्नुहोस् :   नेपाली यू-२१ फुटबल टोली भारत प्रस्थान

कार्यक्रममा स्थानियले आफनो मौलिक संस्कृतिले स्वागत गर्दै यस्तो कार्यक्रम आयोजना हुदाँ खुशी समेत व्यक्त गरेका थिए । सातसय कोल्मा बहाकोट सम्पर्क मञ्चका अध्यक्ष जीत बहादुर गुुरुङको सभापतित्वमा सम्पन्न कार्यक्रममा एन आर एन बेलायतका युवा संयोजक एल बि जेड गुरुङले धन्यवाद मन्तब्य र पुतलीबजार नगरपालिकाका प्रमुख सीमा कुमारी क्षेत्रीले स्वागत मन्तब्य ब्यक्त गरेका थिए भने मञ्चका महासचिब मन बहादुर थापा मगरले कार्यक्रम सञ्चालन गरेका थिए ।

कमेन्ट गर्नुहोस्

तपाईं हामीसंग फेसबुक,र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।